हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका घरेलु उत्पादन सर्जि रोबर्टोसंगको नयाँ सम्झौता कठिन मोडमा आएको स्पेनिश मिडिया डायारोले बताएको छ।
डायरियो यूएफले रिपोर्ट गरे अनुसार, सर्जी रोबर्टोले क्लबसँग सम्झौता गर्न असफल भएपछि बार्सिलोनासँग नयाँ सम्झौतामा हस्ताक्षर नगर्ने बताएको छ।
रोबर्टो, ला मासिया युवा सेटअपको घरेलु उत्पादन रहेका छन् भने अघिल्लो दशक देखि बार्सिलोनामा सिनियर खेलाडीका रुपमा रहेका छन्।
२०१० मा बार्सिलोनाको लागी आफ्नो सिनियर टोलीमा डेब्यू गरेका रोबर्टो पहिलो रोजाईका खेलाडी बन्न भने सकेका छैनन।
पूरै स्थायी स्टार्टर नभएता पनि उनि इस्क्वाड खेलाडीका रुपमा उनले नियमित रूपमा भने खेल्ने गरेका छन्।
मिडफिल्ड र राइट ब्याकमा खेल्ने क्षमताको कारण एक उपयोगी खेलाडी बनेका २९ वर्षीय रोबर्टोले क्याटलान टोलिका लागि आजसम्म ३१५ खेल खेलेका छन्।
यद्यपि, क्याम्प नोउमा उनको समय अब अन्त्य हुन सक्छ। क्रमका हिसाबले क्लबको चौथो क्लब कप्तान रोबर्टो, बार्सिलोनासँगको सम्झौताको अन्तिम वर्षमा प्रवेश गरेका छन् । पछिल्लो समय नयाँ सम्झौताको वार्ता चलिरहेको थियो तर प्रगति भने हुन सकेको छैन ।
अन्य तीन क्लब कप्तान, सर्जियो बुस्केट्स, जेरार्ड पिके र जोर्डी अल्बा जस्तै, बार्सिलोना पनि रोबर्टो संग तलब कटौती वार्ता गर्न मनसाय थियो। यद्यपि, उनको सम्झौताको अवस्थाले ती छलफलहरूलाई कठिन बनाएको कुरा मिडियाले बताएको छ।
यदि बार्सिलोनाले उनको तलब घटाउने हो भने, उनीहरूले उनको पारिश्रमिकको परिवर्तनशील भाग बढाउनु पर्ने थियो – जुन वार्तामा मुख्य समस्याको बिन्दु हो। यसका अतिरिक्त, क्लबले उनलाई २०२४ को ग्रीष्म सम्मको लागि एक सम्झौता हस्तान्तरण गर्न इच्छुक रहेको बेला, सर्जियोले उनको नयाँ सम्झौता अझै लामो अवधिको लागि हुनुपर्ने धारणा राखेपछि वार्तामा ब्रेकडाउन भयो।
अब सावधानीपूर्वक अध्ययन र अवस्थाको मूल्याङ्कन गरिसकेपछि, बार्सिलोनाले रोबर्टोको लागि विस्तारको साथ नजाने निर्णय गरेको छ। उनको स्थितिलाई ध्यानमा राख्दै, मिडफिल्डरले अब जनवरीदेखि फ्री ट्रान्सफर स्थानान्तरणमा लागि नयाँ सम्झौतामा अन्य क्लबहरूसँग वार्ता गर्न सक्छन।