सहभागितामै सीमित नेपाली महिला क्रिकेट

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइसीसी अण्डर नाइन्टीन टि-ट्वान्टी महिला विश्व कप प्रतियोगिताको छनोटमा नेपाल समूह चरणबाटै घर फर्किएको छ। 

प्रतियोगिताको अन्तिम खेलमा मलेसियालाई २५ रनले पराजित गरे पनि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली खाली हात फर्किएको हो। 

प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने अपेक्षाका साथ छनौट प्रतियोगितामा निस्केको नेपाली टोली प्रदर्शनले भने एकरुपता पाउन सकेन। 

नेपाली महिला क्रिकेट टोलीले उमेर समूहमै अहिलेसम्मकै सबैभन्दा खराब नतिजा समेत निकाल्न सफल भएको छ। 

यूएईविरुद्ध केवल ८ रनमा समेटिएको नेपाली राष्ट्रिय महिला टोलीले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो सबैभन्दा कम योगफल बनाएको यही नै हो। 

कतारको यु १९ महिला टोलीलाई पहिलो खेलमा ७९ रनले पराजित गर्दै प्रतियोगिताको सुखद सुरुवात गरे पनि दोस्रो खेलमा भने नेपालले नमिठो झट्का बेहोरेको थियो। 

थाइल्याण्डसँग पनि टोलि पराजित भएपछि नेपाली अन्डर नाइन्टिन महिला टोलीले विश्वकप खेल्ने सपना मलेसियामै छाडेर आउन बाध्य भयो। 

एक समय उमेर क्रिकेटमा नेपालले एसियाली क्षेत्रमा राम्रो सफलता पाउने गरेको थियो। तर अहिले त्यसको ठीक विपरीत हुने गरेको छ। 

घरेलु क्रिकेटमा उमेर समूहलाई बेवास्था गर्दा त्यसको प्रत्यक्ष असर अहिले राष्ट्रिय टोलीले लगायत हरेक क्षेत्रले भोगिरहेका छन्। 

हरेक सिनियर टोलीको जराको रूपमा उभिएको उमेर क्षेत्रलाई उकास्नका लागि नेपाल क्रिकेट संघले ध्यान दिएको छैन। 

एक वर्षमा कम्तिमा पनि ३ देखि ४ वटा ठूला प्रतियोगिता गरेर खेलाडीहरु ल्याउनु साटो, छोटा प्रतियोगिता गरेर आलटाल गर्दै राष्ट्रिय टोलीका लागि खेलाडी उत्पादन गर्नु क्यानको चरम लापरबाही रहेको छ। 

घरेलु मैदानमा मात्र अभ्यास गरेर बिदेशमा प्रतियोगिता खेल्न जाँदा उचित व्यवस्थापन नपाउनु अहिलेको महिला टोलीको लागि अभिसाप बन्न पुगेको छ। 

यसरी वर्षैपिच्छे नेपाली क्रिकेटमा महिला टोलीको स्तर खस्कँदै जाँदा भविष्य अन्धकार तर्फ लम्केको हो कि भन्ने शङ्का उत्पन्न भएको छ। 

 

Leave a Reply

Next Post

डार्विन नुनेजका लागि लिभरपुलले ट्रान्सफर रेकर्ड तोड्दै

Thu Jun 9 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बेन्फिका फरवार्ड डार्विन नुनेजका लागि लिभरपुलले आफ्नो ट्रान्सफर रेकर्ड तोड्ने भएको छ। आफ्नो चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाईटेडले केहि समय अघिदेखि राडारमा राखेका खेलाडीका लागि रेड्सले पनि आफ्नो प्रस्ताब राखेको हो। प्रस्तावित रकम ८० मिलियन युरो र कम्तिमा २० मिलियन एड-अनमा समावेश रहेको कुरा पोर्चुगिज रिपोर्टले बताएका छन्। […]
%d bloggers like this: