सहिद स्मारक ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ।

उद्घाटन खेलमा फ्रेन्ड्स क्लबले भरखर “बि” डिभिजनबाट बढुवा भएको सातदोबाटो युथ क्लबसँग खेल्नेछ।

उद्घाटन खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच दुई राउण्डको खेल सार्वजनिक गरिएको हो ।

खेलहरु दशरथ रंगशाला र एन्फा कम्प्लेक्स मैदानमा हुनेछन । फिक्स्चरको बाँकी राउन्डहरू चाँडै जारी गरिनेछ।

लिग अर्को वर्षको फेब्रुअरी २६ सम्म चल्नेछ ।

लिगको विजेताले नगद ७५ लाख र उपविजेताले ५० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ जित्नेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई गोल्डेन बल र सर्वाधिक गोलकर्ताले गोल्डेन बुट पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपरलाई गोल्डेन ग्लोभ्स प्रदान गरिनेछ।

पहिलो चरणका खेल :

कार्तिक २९ गते – फ्रेन्ड्स विरुद्ध सातदोबाटो – साँझ ५ बजे – दशरथ रंगशाला

कार्तिक ३० गते – हिमालयन शेर्पा विरुद्ध संकटा – दिउँसो १२ बजे – एन्फा कम्प्लेक्स

कार्तिक ३० गते – थ्री स्टार क्लब विरुद्ध च्यासल – दिउँसो ३ बजे – दशरथ रंगशालामा

मङ्सिर १ गते – जावलाखेल विरुद्ध मनाङ – दिउँसो १२ बजे – एन्फा

मङ्सिर १ गते – ब्रिगेड ब्वाइज क्लब र एपीएफ – दिउँसो ३ बजे दशरथ रंगशालामा

मङ्सिर २ गते – त्रिभुवन आर्मी क्लब विरुद्ध नेपाल पुलिस क्लब – दिउँसो १२ बजे – एन्फा

मङ्सिर २ गते – मच्छिन्द्र विरुद्ध न्यु रोड टिम (एनआरटी) -दिउँसो ३ बजे – दशरथ रंगशालामा

Leave a Reply

Next Post

बंगलादेश विरुद्ध वेस्ट इण्डिजको ३ रनको रोमान्चक जित

Fri Oct 29 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| टीट्वेन्टी विश्वकप प्रतियोगितामा वेस्ट इन्डिजले आफ्नो पहिलो जित हासिल गरेको छ। शुक्रबार भएको पहिलो खेलमा बङ्गलादेश विरुद्धको रोमाञ्चक खेलमा ३ रनको जित हात पार्दै वेस्ट इन्डिजले अन्तत पहिलो जित निकालेको हो। वेस्ट इन्डिजले दिएको १४२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बङ्गलादेश १३९ रनमा रोकिन पुगेको थियो। […]
%d bloggers like this: