सहिद स्मारक ‘बि’ डिभिजन लिग आजदेखि सुरु

हाम्रो नेपाल स्पोर्ट्स. काठमाडौं| सहिद स्मारक ए डिभिजन लिग समापन संगै एन्फाले नेपाली फुटबल लिगको दोस्रो दर्जाको ‘बि’ डिभिजन लिग सुरु गरेको छ।

फागुन १८ देखि चैत्र २७ सम्म चल्ने लिग प्रतियोगितामा यसपटक कुल १४ टोलि रहेका छन।

सहभागी टोलीले आपसमा सिंगल राउण्ड खेलका आधारमा कुल १३ खेल खेल्नेछन भने शिर्ष २ मा रहने टोलीले ‘ए’ डिभिजन लिगमा बढुवा पाउनेछन भने सबैभन्दा तल रहने दुई टोलि ‘सि’ डिभिजन लिगमा घटुवा हुनेछन।

सहिद स्मारक बि डिभिजन लिगमा यसपटक :

मध्यपुर युथ एसोसियसन, खुमलटार युवा क्लब, श्री कुमारी क्लब, बाँसवारी क्लब, नयाबस्ती युवा क्लब, सरस्वती युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, सामाजिक युवा क्लव, चर्च ब्वाइज, रानी पोखरी कर्नर टिम (आरसिटि), श्री भगवती क्लब, टुसाल युवा क्लब, झम्सिखेल युथ क्लब, ब्वाईज युनियन क्लब रहेका छन्।

सरस्वती क्लब यस अघिको ए डिभिजन लिगबाट रेलिगेसनमा परेको थियो। बिरगंज युनाईटेड यसपटक बागमती प्रदेश भन्दा अन्य प्रदेशलाई प्रतिनिधित्व गर्ने एक्लो टोलि रहेको छ।

चर्च ब्वाइज युनाइटेड ‘सी’ डिभिजन लिग च्याम्पियन तथा वीरगन्ज युनाइटेड र सामाजिक युवा क्लब दोस्रो र तेस्रो स्थानमा रहँदै ‘बी’ डिभिजन लिगमा बढुवा भएका टोली हुन्।

एन्फाले प्रतियोगितामा सहभागी टिमलाई १२ लाख ५० हजार रुपैया तीन किस्तामा प्रदान गर्ने जनाएको छ। पहिलो किस्ता ६ लाख, दोस्रोमा ४ लाख र तेस्रो किस्तामा २ लाख ५० हजार प्रदान गरिनेछ।

सहिड स्मारक ‘बी’ डिभिजन च्याम्पियन हुने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले १० लाख र तेस्रो हुने क्लबले ५ लाख रुपैया हात पार्नेछ।

सन् २००३ देखि अखिल नेपाल फुटबल संघ एन्फाले फुटबल विकासका लागि स्थापना गरेको यस लिगमा ठोस प्रक्रिया भने रहेको छैन। गत बर्ष सातदोबाटो च्याम्पियन बन्दै ए डिभिजनमा उक्लने एक्लो टोलि बन्दा यसपटक दुई टोलीले लिगमा सहभगिता जनाउन पाउने छन्।

त्यसैगरी सन् २०१९ को लिग सिजनमा सम्पूर्ण लिगमै कुनै पनि तहमा कुनै पनि टोलीले घटुवा तथा बढुवा बेहोर्न परेको थिएन।

 

 

 

Leave a Reply

Next Post

अन्तराष्ट्रिय स्तरमा मान्यता पाउँदा राम्रा टोलि संग किन नखेल्ने?

Wed Mar 2 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तराष्ट्रिय टि ट्वान्टी प्रतियोगिताको लागि मान्यता पाएको झन्डै एक दशक हुन लागेको छ। अन्तर्राष्ट्रिय टि-ट्वान्टी मान्यताप्राप्त सँगै सन् २०१९मा नेपाली टोलि एकदिवसीय मान्यताप्राप्त पनि भइसकेको छ। एक समय नेपालले पनि अन्तर्राष्ट्रिय क्रिकेटमा मान्यता प्राप्त भएपछि कस्तो हुन्छ होला? भन्ने प्रश्न मान्यता प्राप्त […]
%d bloggers like this: