साडियो माने बायर्नमा अनुबन्धित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सेनेगलका फरवार्ड साडियो मानेले बायर्न म्युनिख संग ३ बर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्

इंग्लिस टोलि लिभरपुलबाट स्थानान्तरणका लागि बायर्न म्युनिखले ३२ मिलियन बुझाएको छ जसमा एड अन सहित यो सम्झौता ४१ मिलियन सम्म पुग्नेछ

सन् २०१६ मा इंग्लिस टोली साउथह्याम्पटनबाट ३६ मिलियनमा लिभरपुलमा आबद्ध भएका मानेले घरेलु तथा युरोपियन गरेर सबैखाले शिर्ष प्रतियोगिता जितिसकेका छन्।

सन् २०१६ यता लिभरपुलको प्रमुख खेलाडीका रूपमा उदाएका मानेले रेड्सका लागि २६९ खेलमा १२० गोल र ४९ एस्सिस्ट प्रदान गरेका छन्।

लिभरपुलले झन्डै तीन दशकको पश्चात शीर्ष डिभिजनको उपाधि हात पार्दा उनी सँगै सालाह र फर्मिनोको जोडीले ख्याती कमाएको थियो।

यससँगै तिनै खेलाडीको बलियो उपस्थितिमा लिभरपुलले छैटौं पटक युरोपेली च्याम्पियन्स लिग प्रतियोगिताको उपाधि समेत जित्न सफल भयो।

यसै सिजन घरेलु प्रतियोगितामा शीर्ष दुई उपाधि एफए कप र लिग कप उठाउँदै साडीओ मानेले इङ्लिस फुटबलमा आफ्नो ट्रफी क्याबिनेट पूर्ण गरेका छन्।

Leave a Reply

Next Post

ट्रान्सफर चहलपहल: रोनाल्डो, डी मारिया, लेवान्डोस्की र अन्य

Wed Jun 22 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन फुटबलमा ट्रान्सफर चहलपहलले तीव्रता पाएको छ जसमा रोनाल्डो, डी मारिया जस्ता हस्तीहरु पुनः चर्चाको बिषय बनेका छन्। क्रिस्टियानो रोनाल्डो : उनको भविष्यको बारेमा ओल्ड ट्राफोर्डमा सिजनभर निरन्तर चर्चा भइरहेको छ। ३७ बर्षिया दिग्गज खेलाडीले गत सिजन २४ गोल गरे पनि टेन ह्यागको खेलाउने शैलीमा उपयुक्त […]
%d bloggers like this: