सातदोबाटो द्वारा च्यासल पराजित, फ्रेन्ड्स क्लब र हिमालयन शेर्पाको बराबरी

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको खेलमा सातदोबाटो युवा क्लबले रेलिगेसनमा परिसकेको च्यासल युथ क्लबलाई १-० ले हराउदै सिजनको अन्त्य गरेको छ।

अजायी मार्टिन्सले पहिलो हाफमा गरेको गोला निर्णायक बन्दा सातदोबाटो युथ क्लबले जितसहित कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्त्य गरेको हो।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पहिलो हाफको छैठौ मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाएका थिए।

जितसँगै सातदाबाटोले लिग डेब्यु शानदार तरिकाले गरेको छ, उसले १३ खेलबाट २१ अंक बनाएको छ।

हार बेहोरेको च्यासलले भने केवल ६ अंक जोडेर लिगमा अन्तिम स्थान हात पारेको छ। च्यासलले लिगमा १३ खेल खेल्दा १ जित, ३ बराबरी र ९ हारको नजिता निकाल्यो।

त्यसैगरी आजै दशरथ रंगशालामा भएको अर्को खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले १-१ गोलको बराबरी खेलेका छन्।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो।

खेलको ७३ औं मिनेटमा हिमालयनका दिवस उराउले आत्मघाती गोल गरेपछि फ्रेन्ड्सले १-० गोलको अग्रता बनाएको थियो ।

तर, खेलको ८९ औं मिनेटमा विशन गुरुङले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ। फ्रेन्ड्सले १३ खेलमा ११ अंक जोडेको छ।

 

 

Leave a Reply

Next Post

च्याम्पियन्स लिग फाईनललाई रसियाबाट सार्ने तयारी तिब्र

Thu Feb 24 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन फुटबल संघले आज एक बैठक बोलाउदै च्याम्पियन्स लिग फाइनल सेन्ट पिटर्सबर्गको ग्यज्प्रोमबाट सार्ने तयारी थालेको छ। अध्यक्ष अलेक्जेन्डर कोफेरिनको नेतृत्वमा कार्यकारी समितिले बैठक गर्नेछ। आज बिहान युक्रेनमा रुसको आक्रमणबारे छलफल गर्न एजेण्डा तय गरिएको थियो र त्यसमास्थितिको मूल्याङ्कन गर्ने र सबै आवश्यक निर्णयहरू लिने भनिएको […]
%d bloggers like this: