हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सातदोबाटो युथ क्लब संग ३–२ को हार बेहोर्दै ब्रिगेड बोइज सहिद स्मारक ए डिभिजन लिगबाट घटुवा भएको छ।
च्यासल युथ क्लब संगै अब ब्रिगेडले अर्को सिजन बि डिभिजन लिगमा प्रतिस्पर्धा गर्ने छ।
रोमान्चक खेलमा पहिलो हाफको १३औं मिनेटमा सुशिल राईले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाएका थिए।
तर ब्रिगेडका लागि १६औं मिनेटमा बर्टान्ड इवोडेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
बराबरी गरेको २ मिनेट बित्न नपाउदै १८औं मिनेटमा दीपक राज सिंह ठकुरीले गोल गर्दै सातदोबाटोलाई पुनः २–१ को अग्रता दिलाएका थिए।
पहिलो हाफमा सातदोबाटोले २-१ को अग्रता बनाएको थियो।
दोस्रो हाफको ५१औं मिनेटमा रोशन राना मगरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए।
बराबरी तर्फ मोडिएको खेललाई ८७औं मिनेटमा निरज चौधरीले गोल गर्दै सातदोबाटोलाई ३–२ को रोमाञ्चक जित दिलाएका थिए।
यस सिजन लिगमा ब्रिगेडले १ खेलमा मात्रै जित हात पार्दा ७ हार चार बराबरीको नतिजा निकालेको थियो।
बिबिसीले पहिलो राउन्डमा एपिएफलाई ३–२ ले पराजित गरेपछि लिगमा जित निकाल्न नसक्दा लगातार ६ सिजन पश्चात रेलिगेशनमा पुगेको हो।
सातदोबाटो भने जित पश्चात १२ खेलबाट १८ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ।