साफ च्याम्पियनशिपमा उपविजेता नेपाली टोलीलाई मन्त्रिपरिषदद्वारा पुरस्कारको घोषणा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भर्खरै सम्पन्न भएको साफ च्याम्पियनशिप फुटबलमा दोस्रो स्थान हात पारेको नेपाली टोलीलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुरस्कार सम्मान घोषणा गरेको छ।

पहिलोपटक साफको फाइनलमा पुग्दै दोस्रो स्थान हात पारेको नेपाली टोलीको प्रदर्शनलाई उच्च कदर गर्दै खेलाडी र प्रशिक्षकलाई पुरस्कार राशी घोषणा गरिएको बताइएको छ।

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ र प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘साफमा उपविजेता बनेको नेपाली फुटबल खेलाडीहरूलाई प्रतिखेलाडी ५ लाख र प्रशिक्षकहरूलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरिएको छ, ‘ मन्त्री कार्कीले भने ।

Leave a Reply

Next Post

हारको मुखबाट जोगिदै प्यालेस संग बराबरीमा रोकियो आर्सनल

Tue Oct 19 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिश प्रिमियर लिगमा गएराती सम्पन्न क्रिस्टल प्यालेस विरुद्धको खेलमा आर्सनल घरेलु मैदानमा बराबरीमा रोकिएको छ। आफ्ना महान खेलाडी प्याट्रिक भियारालाई प्रतिद्वन्दी म्यानेजरका रुपमा आतिथ्यता गरेको आर्सनल, इमिरेट्स मैदानमा २-२ को बराबरीमा रोकिएको थियो। पहिलो हाफमा आर्सनलका लागि खेलको ८औं मिनेटमा निकोलस पेपेले प्रहार शट प्यालेसका किपरले […]
%d bloggers like this: