साफ च्याम्पियनसिप २०२१: अंक तालिकामा नेपालको स्थान र फाइनलको समीकरण

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालको प्रदर्शनले आगामी फुटबल पिढीलाई सकारात्मक संदेश दिएको छ।

यसपटकको प्रदर्शनले नेपाली फुटबल प्रेमीहरु माझ नयाँ फुटबल युगको सुरुवातको किरण देखा परेको छ।

प्रतियगिताको ईतिहासमा पहिलो संस्करण देखिनै सहभागिता जनाएको नेपाली राष्ट्रिय फुटबल टोलीले प्रतियोगितामा अहिलेसम्म फाइनल खेलेको छैन।

यसपाली भने बिषय र नतिजा दुवै फरक छ र नेपाली टोलीलाई ईतिहास कोर्ने राम्रो अवसर रहेको छ।

यसपाली केवल पाँच टोली सम्मिलित यस प्रतियोगितामा एउटै राउन्ड रोबिन भएको हुँदा शिर्ष दुई टोली सिधै फाइनलमा पुग्ने छन्।

यस्तोमा अहिलेको ताजा स्थितिमा नेपालले पहिलोपटक साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल्ने लक्ष्य निकै समिपमा रहेको छ।

पहिलो खेलमा माल्दिभ्सलाई उसकै घरमा १-० ले निराश परेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ गोलअन्तरले पराजित गर्दै दुई प्रतिद्वन्दी बीच करिब दुइ दशक पछि जितको ईतिहास रचेको थियो।

सुरुवाती दुई खेलमा दुई जित हात पारेको नेपाल तालिकाको शीर्षस्थानमा बसेको छ।

दुई खेलमा ४ गोल गरेको नेपालले २ खाएको छ भने +२ को सकारात्मक गोल भिन्नता रहेको छ। यो पनि अहिले सम्म निकै राम्रो उपलब्धि रहेको छ।

तालिकामा दोस्रो स्थानमा रहेको बङ्गलादेशको टोली भन्दा २ अङ्क बढी बटुलेको नेपाली टोलीलाई अब बाँकी दुई खेलमा सकारात्मक नतिजा चाहिएको छ।

भारत र बङ्गलादेश सँग खेल्न बाँकी रहँदा नेपालको फाइनलमा पुग्ने समीकरण केवल दुई अंकमा अड्किएको छ। दुई खेल मध्ये नेपालले एकमा जित अथवा दुई बराबरी खेलेको खण्डमा नेपालले फाइनल खेल्ने निश्चित छ।

नेपाल २ खेलमा ६ अङ्क सहित पहिलो स्थानमा रहँदा समान २ खेल खेलेको बङ्गलादेश ४ अङ्क सहित दोस्रो स्थानमा छ भने भारतको १ खेल बाट १ अङ्क रहेको छ।

 

Leave a Reply

Next Post

एभरेस्ट प्रिमियर लिग २०२१: चितवन टाइगर्स फाइनलमा, पोखराको लज्जास्पद हार

Wed Oct 6 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज भएको पहिलो क्वालिफायर खेलमा चितवन टाइगर्सले पोखरा राईनोज विरुद्ध फराकिलो जित हात पारेको छ। पोखरालाई पराजित गरेसँगै चितवन यसपटकको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको चितवनका लागि स्पिनरद्वय शबाब आलम र सागर ढकालले […]
%d bloggers like this: