साफ च्याम्पियनसिप २०२१: उद्घाटन खेलमा नेपालको ऐतिहासिक जित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| दक्षिण एसियाकै प्रतिष्ठित साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।

आयोजक राष्ट्र माल्दिभ्सलाई उसकै घरेलू मैदानमा १-० ले पराजित गर्दै नेपालले विजयी यात्रा सुरु गरेको हो।

झण्डै २२ वर्ष पछि माल्दिभ्स विरुद्ध जित निकालेको नेपालका लागि विजयी गोल मनिस डाँगीले गरेका थिए।

खेलको ६९ओं मिनेटमा नवयुग श्रेष्ठलाई प्रतिष्थापित गर्दै मैदानमा छिरेका मनिषले ८६ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।

बल पोसेशनमा माल्दिभ्स भन्दा कमजोर देखिएपनि नेपाली रक्षात्मक खेल भने निकै उत्कृष्ट लयमा देखिएको थियो।

गोल किपर किरण चेम्जोङले माल्दिभ्सले बनाएका केही सुनौला मौका हरुलाई शानदार बचाव गर्दै टोलीलाई पछि पर्न बाट जोगाए।

पहिलो हाफमा घरेलु टोली माल्दिभ्स विरुद्ध केहि रक्षात्मक देखिएको नेपालले दोस्रो हप्ता निकै सुधारिएको खेल प्रदर्शन गरेको थियो।

पहिलो हाफको तुलनामा अग्रपंक्तिले राम्रो प्रेसिङ गर्दा दोश्रो हाफमा राम्रा अवसर हरु बनाएको नेपालले सोचे अनुसारको फिनीशिङ भने गर्न सकेन। तर खेलको अन्त्यमा पाएको मौकालाई सही सदुपयोग गर्दै गोल गर्न सफल हुदाँ माल्दिभ्स विरुद्ध करिब दुई दशक पछि जित हासिल भएको छ।

समूह चरण अन्तर्गतकै आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध सोमबार खेल्नेछ।

 

Leave a Reply

Next Post

योर्गन क्लोप भन्छन् - "म्यानचेस्टर सिटि अहिलेको युरोपकै सबै भन्दा राम्रो टिम"

Sat Oct 2 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जुर्गन क्लोपले आइतबार प्रिमियर लिग च्याम्पियन  म्यानचेस्टर सिटिसँग अघि खेल हुनुभन्दा पहिले म्यानचेस्टर सिटीलाई ‘युरोपको सर्वश्रेष्ठ टिम’ भनेका छन्। ६ खेल खेलेको लिभरपुल लिग तालिकामा १४ अंकका साथ पहिलो स्थानमा बसेको छ भने सिटि १ अंक कम सहित दोस्रो स्थानमा रहेको छ। सिटीले गत शनिबार स्ट्यामफोर्ड […]
%d bloggers like this: