हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यसै बर्ष क्रिकेटमा बर्गिकरणको बिषयलाई लिएर तात्तिएको नेपाली क्रिकेट, अहिले हुने नहुने हरेक किसिमका हल्लाले झाँगिएको छ।
वर्गीकरणमा असन्तुष्ट व्यक्त गरे सँगै त्यसबेलाका क्रिकेट कप्तान ज्ञानेन्द्र मल्ल सहित उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी लगायतका खेलाडीहरुलाई नेपाल क्रिकेट संघले निलम्बन गरेको थियो।
निलम्बन सँगै त्यसबेला नेपाल क्रिकेट संघले विरोध गरेका खेलाडीहरुलाई आगामी ६ महिनासम्म करारमा नराख्ने घोषणा समेत गरेको थियो।
कारवाहीमा ज्ञानेन्द्र मल्ललाई बर्खास्त गरेपछि संदीप लामिछानेलाई नेपाली क्रिकेट टिमको नयाँ कप्तान घोषणा गरिएको थियो।
त्यसैबखत देखि नेपाली क्रिकेट टोली भित्र शितयुद्ध चलिरहेको भन्ने थुप्रै टिकाटिप्पणीहरु बाहिर आएका थिए।
यसैबीच विश्वकप क्रिकेट छनौटमा निराशाजनक हार तथा विश्व क्रिकेट लिगमा पनि खराब प्रदर्शनबाट गुज्रिएको नेपाली टोलीले घरेलु मैदानमा पपुवान्युगिनीविरुद्ध एकदिवसीय सिरिज गुमाएको थियो।
मैदानमा खेलाडीहरुले एकीकृत भएर खेल्न नसकेको र टोलीमा बिभाजन रहेका कारण नेपालले अनावश्यक हार बेहोरिरहेको जस्ता समाचारहरु फैलिरहेका थिए।
विश्वक्रिकेट लिगकै दौरान विनोद भण्डारी र सन्दीप लामिछानेको भिडियो प्रकरणले पनि माहोल निकै तातिएको थियो।
तर सन्दिप लामिछाने लाई उक्त प्रकरणको बारेमा सोधखोज गर्दा उनले टोलीमा त्यस्तो खटपट नरहेको र बिनोद भण्डारी र आफू बीच नकरात्मक कुनै पनि सम्बन्ध नरहेको स्पष्ट पारेका थिए।
यसै कुरालाई मध्यनजर गर्दै यसैसाता रातोपाटिले नेपाल क्रिकेट टोलीमा रहेको शीतयुद्धको बारेमा समाचार प्रकाशन गरेको थियो।
लेखमा नेपाली टोलि भित्र शीतयुद्ध व्यापक रहेको, सन्दिप लामिछाने र ग्यानेन्द्र मल्लसहित टोलीमा रहेका अन्य सिनियर खेलाडीहरू विचको सम्वन्ध राम्रो नरहेको लगायतका कुराहरु समावेश भएका थिए।
तर सन्दिप लामिछाने र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीबीचको प्रकरणलाई फेरि दोहोर्याएर लेखिएपछि विनोदले सामाजिक सञ्जालमा आपत्ति जनाएका छन्।
उनले लेखेका छन्: “सामाजिक सञ्जालमा भईरहेका अनाबश्यक टिकाटिप्णणीलाई मैले वेवास्ता नै गर्दै आएकाे थिए, तर रातोपाटि जत्तिकाे समाचार पाेर्टले पनि सत्य तथ्य नबुझी लेख्न मिल्ला??
जबकि, सन्दिप आफैले एक अर्काे खेलकुद अनलाइन मा सत्य के हाे स्पष्ट गराईसकेकाे छ। सत्य के हाे नबुझी समाचार लेख्न मिल्छ? याे लेख्दा कसैले म संग वा सन्दिप सँग साेध्याे के भएकाे भनेर ??”
उक्त घटनालाई उनले पनि स्पस्ट पार्दै सन्दिपले ओभर सकिएपछि आफ्नाे क्याप माग्नलाई हात अगाडि बढाएकाे र क्याप उनिसँग नभएर अर्काे खेलाडीसँग भएका कारण आफ्नो स्थानमा जान लागेपछिको दृश्य रहेको बताएका छन्।
घटनाको बारेमा सोधखोजनै नगरी मनगढन्ते समाचार प्रकाशन गर्न नहुने उनको जिकिर रहेको छ। आफुलाई र कप्तान सन्दिप दुवैलाई घटनाका बारे नसोधी बनाईएको उक्त समाचारलाई लिएर अनावश्यक टिप्पणी आएपछि उनले धारणा ब्यक्त गरेका हुन।