सामाजिक सन्जालमा रोनाल्डोलाई लिएर अगुएरोको व्यंग्य

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इङ्लिस प्रिमियर लिगमा शनिबार राति नर्भिच सिटी विरुद्ध ह्याट्रिक गरेपछि क्रिस्टियानो रोनाल्डोको चर्चा चुलिएको छ। 

करियरको ६०औ ह्याट्रिक गरेका रोनाल्डोले युनाइटेडलाई महत्वपूर्ण तिन अंक मात्र दिलाएनन्, शीर्ष ४ को नजिक पनि पुर्याए।

ओल्ड ट्राफोर्डमा नर्विच सिटीलाई ३-२ ले पराजित गर्न आफ्नो टोलीलाई तीन गोल गरेपछि क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक म्याच बल हस्तान्तरण गरेका थिए।

प्रायः खेलमा ह्याट्रिक गरेपश्चात उक्त म्याच बल ह्याट्रिक गर्ने खेलाडीले नै लाने गरेका छन् तर रोनाल्डोले त्यसो गरेनन्। 

रोनाल्डोले उक्त बल युनाइटेडकै एकेडेमीका अर्का युवा खेलाडी अलेजान्द्रो गर्नाचोलाई दिएका थिए।

गार्नाचोलाई आफ्नो करियरमा पहिलो पटक रेड डेभिल्सले म्याचडे टोलीमा समावेश गरेको थियो।

१७ वर्षका अलेजान्द्रो अर्जेन्टिनाका उमेरसमूहका खेलाडी रहेका छन्।

उनकै खेलको प्रशंसा गर्दै म्यानचेष्टर युनाइटेडका युवा खेलाडीले उनको उदारताको वर्णन गर्दै सामाजिक सञ्जालमा  सर्बकालिन बिश्वकै सर्वश्रेष्ठ भनेर लेखेका थिए।

इन्स्टाग्राममा रोनाल्डोले दिएको बल आफूले समाउदै गरेको फोटो पोस्ट गर्दै उनले क्याप्सनमा लेखेका छन् : ग्रेटेस्ट अफ अल टाइम्स “ र रोनाल्डोलाई त्याग गरेका छन्। 

तर त्यसलगत्तै अर्जेन्टिनाका पूर्व खेलाडी सर्जियो अगुएरोले भने उक्त पोस्टमा व्यंग्य गर्दै सर्वश्रेष्ठ मेस्सी भएको घुमाउरो जवाफ दिए। 

“किनकी तिमीले अहिलेसम्म मेस्सीसँग खेलेका छैनौं” उनले इस्टाग्राममा कमेन्ट गरेका छन्।

उनको भनाइबाट प्रस्ट छ कि मेस्सीसँग खेले पश्चात तिमीले सर्वकालीन महान मेस्सी हो भनेर मान्नेछौ।

 

Leave a Reply

Next Post

नेपाल र अफगानिस्तानले मैत्रीपूर्ण खेल खेल्ने

Sun Apr 17 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपालले दक्षिण एसियाली राष्ट्र अफगानिस्तान विरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ।  आउँदो एसियन कप छनौटलाई मध्यनजर गर्दै अखिल नेपाल राष्ट्रिय फुटबल संघले तयारी स्वरुप अफगानिस्तानविरुद्ध खेलको आयोजना गरेको हो।  आइतबार विज्ञप्ति जारी गर्दै अखिल नेपाल फुटबल संघले आफ्नो वेबसाइटमार्फत अफगानिस्तानसँग खेल हुन लागेको जानकारी […]
%d bloggers like this: