हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। एभेरेस्ट प्रिमियर लिग २०२१ अनतर्गतको आज भएको खेलमा खराब सुरुवात गरको बिराटनगरले सम्मानजनक स्कोर खडा गरेको छ।
आसिफ सेख, हेमराज र रय्यन पठान सस्तैमा आउट भएपछी बिराटनगरले राम्रो सुरुवात गर्न नसकेको हो।
तिन विकेटको पतन पछि ब्याटिंग गर्न आएका सिकन्दर र अनिल शाहले महत्वपूर्ण साझेदारी गर्दा, बिराटनगर केहि हदसम्म सम्हालिन पुगेको हो।
३१ बलको सामना गर्दै तिन चौका र एक छक्काको साथ् ३२ रन बनाए। सागर ढकालको बलमा बोल्ड हुदा, साझेदारी टुट्न पुगेको थियो। अनिलको विकेट पछि नै क्रिजमा आएका सुमित महर्जन पहिलो बलमा नै आउट भएका थिए।
सिकन्दरले १८ औ ओभर सम्म सौरब खनाल संग मिलेर खेललाइ डोहोर्याउने काम गरे। उक्त प्रयासमा उनले ४७ बलको सामना गर्दै ७ छक्का र २ चौकाका साथ् ६७ रन जोडेका थिए।
सिकन्दरलाइ आउट गर्ने क्रममा कमल एरिले आफ्नो दोस्रो विकेट चट्काका थिए। सिकन्दरको विकेट पछि स्कोरलाइ सम्मान जनक स्थितिमा पुर्याउन जिम्मा सौरभ खनालले लिएका थिए।
अन्तिम ओभरमा लगातार दुइ विकेट जादा, बिराटनगरले ९ विकेट गुमाउन पुग्यो। सौरभ खनालले अन्तिम दुइ बलमा १० रन बनाउदा, बिराटनगर वारियार्सको स्कोर १५१ रनमा पुगेको थियो।
उनले १९ बलको सामना गर्दै, तिन चौका र दुइ छक्काका साथ् ३० रन बनाए। चितवन टाइगर्स्का लागि करिम जनत, सागर ढकाल, सोमपाल कामि र कमल एरिल दुइ दुइ विकेट लिएका थिए।