सिटिका लागि उत्तम फरवार्ड बन्न सक्छन हालान्ड

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आफ्नो गोल गर्ने क्षमताले विश्व फुटबलमै सुप्रसिद्ध बनेका नर्वेका स्ट्राइकर एरलिंग हालान्ड सिटि जाने हल्ला व्यापक छ।

म्यानचेस्टर सिटीका प्रबन्धक पेप ग्वार्डीयोलाले पनि उनलाई निकै रुचाएका छन् ।

गत सिजन इंग्लिस फरवार्ड ह्यारी केनलाई भित्र्याउन असफल भएपछि म्यानचेस्टर सिटीमा हाल एक उत्कृष्ट नम्बर ९ को कमी रहेको छ। 

म्यानचेस्टर सिटीले प्रस्ताव गरेको झण्डै सय मिलियन भन्दा बढी रकम टोटेन्ह्यामले अस्वीकार गरेको थियो। 

ह्यारीलाई भित्राउन असफल भएपश्चात् म्यानचेष्टर सिटीले आफ्नो नजर भने अब एरलिंग तर्फ मोडेको छ।

२१ वर्षको उमेरमै सिनियर फुटबलमा १५० भन्दा बढी गोल गरिसकेका एरलिंग हाल युरोपमा हटकेकका रुपमा रहेका छन्। 

जर्मन टिम डर्टमण्ड संगको सम्झौतामा केवल १ वर्ष बाँकी रहँदा उनले आफ्नो क्लबसँग सम्झौता गर्ने या नगर्ने भन्ने निर्णय अहिलेसम्म आइसकेको छैन। 

डर्टमण्डले सबै निर्णय उनको हातमा छाडिदिएको बताए पनि उनलाई राख्नका लागि हरसम्भव प्रयास गर्ने क्लबको भनाईछ।

तर उनका एजेन्टले भने उनलाई युरोपभरी शीर्ष क्लबहरुको माझ थमाई सकेकाछन् ।

डर्टमण्डबाट उनलाई आफ्नो क्लवमा भित्र्याउनका लागि क्लबहरुले भने महंगो शुल्क चुक्ता गर्नुपर्ने देखिन्छ।

पहिलो शुल्क उनको रिलिज क्लज रहेको छ जस अन्तर्गत भित्र्याउने क्लबले डर्टमण्डलाई ७५ मिलियन पाउन्ड गरेपश्चात मात्र उनी क्लवबाट रिलिज हुनेछन् ।

पहिलो चरणपार गरिसकेपछि अब क्लबले खेलाडीको एजेन्टलाई कति पैसा कमिसनका रुपमा प्रदान गर्ने भन्ने कुराले फरक पर्दछ।

तेश्रो चरणमा क्लब र खेलाडीबीच मासिक र वार्षिक लगायत अन्य धेरै आर्थिक पक्षहरु जोडिएका छन्।

अहिलेको स्थितिमा उनलाई भित्राउन सक्ने सिटि, युनाईटेड, पेरिस र रियल मड्रिड बाहेक अन्य टोलीहरूको सम्भावना छैन। 

पेरिसमा यसअघिनै ठूला खेलाडीहरूको बाहुल्य भएका कारण एरलिंग सायदै उता पुग्लान। 

युनाईटेड यसपाली च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना नरहेको र उनको एजेन्टसँगको सम्बन्ध तितो भएका कारण त्यहाँको बाटो पनि बन्द भइसकेको छ।

पेरिसले एम्बाप्पे राख्नका लागि  हरसम्भव प्रयास जारी राखेको हुँदा, एरलिंगका लागि एउटा मात्र उत्तम विकल्प भनेको म्यान्चेष्टर सिटी रहेको छ। 

विश्वकै उत्कृष्ट प्रशिक्षक रहेका गड्यौला को नेतृत्वमा एकपछि अर्को सफलता हात पारिरहेको सिटीमा, उनले अहिलेको क्षमतालाई हेर्ने हो भने प्रत्येक सिजन ४० भन्दा बढी गोल गर्ने क्षमता राख्न सक्छन्।

हरेक स्थानमा विश्वका उत्कृस्ट खेलाडीहरुको बाहुल्य रहेको सिटिमा उनि जस्ता स्ट्राइकरको कमि रहेको छ। उनको खेल्ने शैलीले पनि उनलाई सिटिमा झन आक्रामक बनाउने छ।

उपाधिसँगै आफ्नो आर्थिक अवस्था पनि सुदृढ बनाउन सक्ने ठाउँ हो म्यानचेस्टर सिटि।

उत्कृष्ट खेलाडीका लागि पैसाको खोलो बगाउने गरेको छ। म्यानचेष्टर सिटीले यसैकारण पनि उनका लागि राम्रो र उत्तम विकल्प म्यानचेस्टर रहेको छ। 

Leave a Reply

Next Post

अझै ४-५ सिजन शिर्ष डिभिजनमा खेल्ने रामोसको चाहना

Tue Apr 12 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिसका स्टार डिफेन्डर सर्जियो रामोसले आफ्नो शिर्ष खेल जीवनको करियर अझै चार पाँच बर्ष लम्बिने बताएका छन्। रियल मड्रिडबाट यसै सिजन पिएसजी भित्रिएका पुर्ब कप्तान रामोसले चोटको कारण यस सिजन अधिकांश खेलहरु गुमाएका छन्। बढ्दो उमेर संगै उनको खेलजीवन पनि उत्तरार्धमा आइपुगेको हो कि भन्ने प्रश्नमा […]
%d bloggers like this: