हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ब्राजिलियन फरवार्ड ग्याब्रियल जिससले ऐतिहासिक प्रदर्शन गरेपछि म्यान सिटीले शीर्ष स्थानको आफ्नो यात्रालाई निरन्तरता दिएको छ।
जिससको ह्याट्रिकसहित चार गोलको मद्दतले म्यानचेष्टर सिटीले वाट्फोर्ड विरुद्ध ५-१ गोलको फराकिलो जित निकाल्न सफल भयो।
पछिल्ला पाँच खेलमा अपराजित रहेको म्यानचेष्टर सिटीका लागि पाँचौं गोल मिडफिल्डर रोड्रीले गरेका थिए।
रेलिगेसन संघर्षरत वाट्फोर्डलाई म्यानचेष्टर सिटीले खेलको पहिलो मिनेट देखि निकै दबाबमा राखेको थियो।
घरेलु मैदानमा शानदार जित निकाल्ने क्रममा म्यान्चेस्टर सिटीका लागि पहिलो हाफको चौथो मिनेटमै जिससले जिन्चेन्कोको पासमा गोल गर्न सफल भएका थिए।
त्यसैगरि २३औं मिनेटमा डि ब्रुनको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे।
त्यसलगत्तै पाहुना टोलि वाटफोर्डका लागि २८औं मिनेटमा हसाने कामराले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए।
पहिलो हाफको ३४ औँ मिनेटमै मिडफिल्डर रोड्रीले झन्डै १५ यार्ड टाढाबाट शानदार गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याए।
खेलको पहिलो हाफ ३-१ स्थितिमा सकिएको थियो।
दोस्रो हाफको पूर्वार्धमै जिससलाई डी एरियामा फल गरेपछि सिटिले पेनाल्टी पाएको थियो।
पेनाल्टीमा गोल गर्दै ग्याब्रियल जिससले आफ्नो ह्याट्रिक तथा सिटीका लागि चौथो गोल सम्भव बनाए।
५३औं मिनेटमा जिससले डि ब्रुनकै पासमा व्यक्तिगत चौथो तथा टोलीलाई लागि पाँचौ गोल गर्दै टोलीलाई ५–१ को जित दिलाए।
प्रिमियर लिग इतिहासमा एकै खेलमा चार गोल गर्ने जिसस पहिलो ब्राजिलियन खेलाडी बनेका छन् भने समग्र प्रिमियर लिग इतिहासमा २९ औ रहेका छन्।
म्यानचेस्टर सिटीका लागि उनी भन्दा अघि दिग्गज तथा सर्बाधिक गोल स्कोरर सर्जियो अगुएरोले एकै खेलमा चार गोल गरिसकेका छन्।
जितसँगै म्यान्चेस्टर सिटी प्रिमियर लिगमा पुनः शीर्ष स्थानमा फर्किएको छ भने दोस्रो स्थानको लिभरपुल विरुद्ध एक खेल बढी खेल्दै ४ अंकको अग्रता लिएको छ।