सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको खेल तालिका सार्वजनिक

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पाँचौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

३१ लाख पुरस्कार राशि भएको प्रतियोगितामा राष्ट्रिय र अन्तराष्ट्रिय गरेर कुल १० टोलीले सहभागिता जनाउने छन्

प्रतियोगिताको बिजेताले २० लाख रुपैयाँ पाउने छ भने उपविजेताले १० लाख प्राप्त गर्ने छ

सुदूरपश्चिम ११ स्पोर्टस क्लब धनगढीको आयोजनामा सञ्चालन हुने प्रतियोगिता फागुन १९ देखि २८ गतेसम्म चल्ने छ

प्रतियोगितामा अन्तराष्ट्रिय टोलीका रुपमा दिल्ली फुटबल क्लब र क्यामरुनको अभेनिर फुटबल क्लब रहेको छ

नेपालका तर्फबाट मनांग मर्स्याङ्दी, हिमालयन शेर्पा क्लब, नव जनजागृति युवा क्लब सिमरा, आयोजक सुदूरपश्चिम ११ धनगढी, फ्रेन्ड्स क्लब काठमाडौं, बागमती युथ क्लब, न्युरोड टिम एनआरटी र मछिन्द्र क्लब रहेका छन्

प्रतियोगिताको उद्घाटन खेलमा मनाङ-मर्स्याङदी क्लब र दिल्ली फुटबल क्लब प्रतिस्पर्धा गर्ने भएका छन्।

 

 

Leave a Reply

Next Post

'एसियन कप २०२३' छनौटको तेस्रो चरणको ड्र भोलि हुँदै

Wed Feb 23 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चीनमा सन् २०२३ मा हुने एएफसि एसियन कप प्रतियोगिताको छनौट अन्तर्गत तेस्रो राउण्डको ड्र भोलि हुँदैछ। यस चरणमा नेपाल लगायत कुल २४ टोलीले सहभागिता जनाउने छन भने छनौट भएका टोलीलाई ६ वटा समूहमा राखेर बिभाजन गरिने छ। २०२३ एएफसी एसियन कप छनोटको तेस्रो राउन्ड ८ देखि १४ जुन […]
%d bloggers like this: