हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत आज बेलुकी म्यानचेष्टर सिटी र लिभरपुल महाभिडन्त हुँदैछ।
प्रिमियर लिगको उपाधिका लागि आज को यो खेल निकै महत्वपूर्ण रहेको छ।
जारि प्रिमियर लिगमा पहिलो र दोस्रो स्थानमा रहेका यी दुई टोलीले आफूलाई केवल १ अंकको दूरीमा राखेका छन्।
म्यानचेष्टर सिटीले अहिलेसम्म ३० खेल खेल्दा ७३ अङ्क जोडेको छ भने लिभरपुलले समान खेल्दै ७२ अंक बनाउदै दोस्रो स्थानमा बसेको छ।
किर्तीमानी २०औँ पटक शिर्ष डिभिजनको उपाधि जित्ने लक्ष्यमा रहेको रेड्सका लागि आज उक्त लक्ष्य लाई बढावा दिने राम्रो अवसर रहेको छ।
सिटीको घरेलु मैदानमा उसलाई पराजित गर्न सकेको खण्डमा लिभरपुलले २ अङ्कको स्पष्ट अग्रता लिनेछ भने आगामी खेलमा यस जितले उच्च मनोबल प्रदान गर्नेछ।
पछिल्ला ११ खेलमा अपराजीत तथा १० खेलमा लगातार जीत निकालिरहेको लिभरपुलको आक्रामक फर्म जारी राखेको छ।
यस्तोमा म्यानचेष्टर सिटीलाई लिभरपुल विरुद्धको खेल पनि केहि गाह्रो हुन सक्ने अनुमान गर्न सकिन्छ।
सिटीले भने पछिल्ला पाँच खेल खेल्दा दुइमा बराबरी र तिनमा जित निकालेको छ उसको पछिल्लो जित, स्पेनिश टोली एथ्लेटिको मड्रिड विरुद्ध घरेलु मैदानमा १-० को संघर्षपूर्ण जित रहेको थियो।
पछिल्ला ४ सिजन यता लिभरपुल विरुद्ध राम्रो नतिजा निकाल्न सफल भएको म्यानचेष्टर सिटीले आजको खेलमा सोही सफलता निरन्तरता दिने अभियानमा छ।
लिभरपुललाई उसकै घरेलु मैदानमा यसअघि २-२ को बराबरी खेलेको म्यानचेष्टर सिटीले, लिभरपुल विरुद्ध पछिल्लो हार २ सिजन अघि व्यहोरेको थियो।
पछिल्ला पाँच खेलमा राम्रो नतिजा निकाल्न सफल भए पनि लिभरपुल उत्कृष्ट लयलाई तोड्नु म्यान्चेस्टर सिटीका लागि सहज हुने देखिँदैन।
अर्कोतिर ठूला टोली प्रतिद्वन्दी विरुद्ध सधै उत्कृष्ट लय समात्ने म्यान्चेस्टर सिटीको अगाडि लिभरपुललाई पनि खेल त्यति सहज भने हुनेछैन।