हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस ला लिगा अन्तर्गत आइतबार बेलुकी मड्रिड डर्बी खेलमा दुई चिरप्रतिद्वन्द्वी क्लब रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड आपसमा प्रतिस्पर्धा गर्दैछन्।
शीर्ष स्थानमा रहेको रियल मड्रिडले चौथो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई घरेलु मैदानमा अतिथ्यतामा गर्दैछ।
१६ खेलबाट ३९ अंक जोडेको रियल मड्रिड तालिकामा पहिलो स्थानमा बसेको छ भने एथ्लेटिको मड्रिडको १५ खेलबाट २९ अंक रहेको छ।
लिगमा पछिल्ला आठ खेलमा सात जित निकालेको रियल म्याड्रिड पछिल्लो केही समययता सहरी प्रतिद्वन्दी एट्लेटिको विरुद्ध हावि भएको देखिन्छ।
ला लिगामा पछिल्ला पाँच भेटमा एट्लेटिको विरुद्ध अपराजित रहेको रियल मड्रिडले ३ मा जित र दुई बराबरी खेलेको छ।
रियल म्याड्रिडले पछिल्लो पटक २०१६ मा एट्लेटिको म्याड्रिड विरुद्ध घरेलु लिगमा हार बेहोरेको थियो।
निकै उच्च फर्ममा रहेको रियल म्याड्रिडले आज पनि आफ्नो उच्च लय कायम राख्दै यस एट्लेटिको बिरुद्ध जित निकालेको खण्डमा शीर्षस्थानमा स्पष्ट ८ अङ्कको अग्रता लिनेछ।
चोटबाट गुज्रिएको रियलको टोलिमा करिम बेन्जेमा, ग्यारेथ बेल र इडेन हाजार्डको आगमनले मनोवल उच्च बनेको छ।
अर्को तिर पाँचौ स्थानको रियल सोसीडाड संग अंक बराबरी गरेको एटलेटीको भने अंक बटुल्दै शिर्ष चारको आफ्नो दौडमा पकड राख्ने सोचमा देखिन्छ।
खेल बेलुकी नेपाली समय अनुसार १:४५ मा सान्टियागो बर्नेबाउमा हुनेछ।