सुस्त सुरुवात गरेको युभेन्टसको बिजयी यात्रा जारि

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इटालियन सेरियामा गएराति सम्पन्न भएको खेलमा युभेले आफ्नो घरेलु मैदानमा चिर प्रतिद्वन्द्वी रोमा विरुद्ध १-० को साँघुरो जीत निकाल्न सफल भयो।

जोसे मोउरिन्होको एएस रोमालाई पराजित गर्दै युभेन्टसले लगातार ६ खेलको विजयी यात्रालाई कायम राखेको छ।

पहिलो हाफमा पाएको पेनाल्टीको मौकालाई सहि सदुपयोग गर्न नसक्दा रोमा, युभेन्टसको मैदानमा स्तब्ध बन्न पुगेको थियो।

युभेन्टसका लागि मोइस किन ले देसिलियोको क्रसमा हेडर गर्दै १६औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको उत्तरार्धमा रोमाका खेलाडी हेनरिक मखितरियन लाई फल गरेपछि पाएको पेनाल्टीमा गोल गर्न नसक्दा पहुनाटोली खेलमा फर्किने राम्रो अवसरलाई खेर फ्यालेकाे थियो।

रोमाका मिडफिल्डर जोर्डन भेरटूटले प्रहार गरेको पेनाल्टीमा सही अनुमान लगाउँदै युभेका किपर सिजेनिले आकर्षक बचाव गर्दै टोलीको अग्रता कायम राखेका थिए।

खेलको दोस्रो हाफमा दुबै टोलीले गोल गर्ने राम्रा अवसर पाए पनि सही सदुपयोग गर्न नसक्दा खेल १-० को स्थितिमा टुंगियो।

कुनै समय तालिकामा निकै तल रहेको युभेन्टस अहिले भने लगातार जित निकाल्दै तालिकामा माथि उक्लिरहेको छ।

पछिल्लो ५ खेलमा १ बराबरी र चार जित निकालेको एल्लेग्रीको टोलि अहिले ८ खेलमा १४ अंक बटुल्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ।

लिगमा राम्रो सुरुवात गरेको रोमा भने अहिले असंगत रुपमा खेल प्रदर्शन गरिरहेको छ। पछिल्लो पाँच खेलमा ३ मा हार बेहोरेको रोमा समान ८ खेल खेल्दै १५ अंकका साथ तालिकाको चौथो स्थानमा बसेको छ।

 

Leave a Reply

Next Post

एएफसी यू-२३ एसियन कप छनोट: नेपाली यू-२३ राष्ट्रिय फुटबल टोलीको घोषणा

Mon Oct 18 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एएफसी यू-२३ एसियन कपको छनोट चरणका लागि नेपाली यू-२३ राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। आगामी साताबाट सुरु हुने छनौट चरणका लागि प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् । एएफसी यु–२३ एसियन कप छनोट अक्टोबर २५ देखि ३१ सम्म ताजकिस्तानमा हुँदैछ […]
%d bloggers like this: