सेनेगललाई पहिलो अफ्रीका कप अफ नेसन्सको उपाधि

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सात पटकको बिजेता इजिप्टलाई टाईब्रेकरमा हराउदै सेनेगलले पहिलो पटक अफ्रिकन कपको उपाधि हात पारेको छ।

आइतबार बेलुकी भएको खेलमा दुई लोकप्रिय फुटबलर द्वय साडीयो माने र मोहम्मद सलाह आपसमा प्रतिद्वन्दीका रुपमा भिडेका थिए।

सोचे अनुसारको खेल नभएपनि सेनेगललाई पहिलो हाफमै अग्रता लिने एउटा राम्रो मौका जुरेको थियो।

सेनेगलका फरवार्ड साडीयो मानेले खेलको पहिलो हाफको सातौ मिनेटमा पेनाल्टीमा चुक्दा सेनेगलले फाइनलमा अग्रता लिने सुवर्ण अवसर गुमाएको थियो।

निर्धारित समयमा कुनै गोल निस्नक नसकेपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा सेनेगलका कालिडोउ काउलीवेली, एब्डोउ डियालो, एहमाडोउ बाम्वा डिइङ साडियो मानेले गोल गरे ।

तेस्रो पेनाल्टीमा बोउना सार चुकेका थिए। इजिप्टका जिजो र मारवान हान्डीले गोल गर्न सफल हुदा दोस्रो पेनाल्टीमा मोहम्मेद एब्डेलमोनेम र चौथो पेनाल्टीमा मोहनाद लासिन चुकेका थिए।

सेनेगलले तेस्रोपटक फाइनल खेल्दा पहिलोपटक च्याम्पियन बनेको हो । सन् २००२ मा क्यामरुनसँग टाइब्रेकरमा ३–२ ले र सन् २०१९ मा अल्जेरियासँग १–० ले पराजित हुँदा दुई पटक उपविजेतामा सीमित भएको सेनेगलले अन्ततः उपाधि आफ्नो नाममा गर्न सफल भएको हो।

इजिप्टले १० पटक फाइनल खेल्दा ७ पटक उपाधि जितेको छ । सन् १९५७, १९५९, १९८६, १९९८, २००६, २००८ र २०१० मा च्याम्पियन बन्न सफल भएको इजिप्ट १९६२, २०१७ र यसपटक उपाधिबाट वञ्चित बन्यो ।

९ जनवरीदेखि क्यामरुनमा सुरु भएको अफ्रिका कप अफ नेसन्समा २४ टोलीको सहभागिता रहेको थियो । हरेक टोलीका शीर्ष दुई टोलीसँगै उत्कृष्ट तेस्रो हुने चार टोलीले नकआउट चरणमा स्थान बनाएको थियो ।

Leave a Reply

Next Post

ग्रानडा विरुद्ध रियलको कठिन जित, शिर्ष स्थानमा ६ अंकको अग्रता

Mon Feb 7 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| १६ औ स्थानको ग्रानडा विरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै रियल मड्रिडले लालिगामा आफ्नो अग्रता लम्ब्याएको छ। मार्को एसेन्सियोले पाहुना टोलि ग्रानाडा विरुद्ध दोस्रो हाफमा गरेको एकमात्र गोलको मद्दतले रियल म्याड्रिडलाई ला लिगा सान्टान्डर तालिकाको शीर्ष स्थानमा ६ अंकको अग्रता दिलाएका थिए। उनले ७४औं मिनेटमा गोल […]
%d bloggers like this: