सेन्ट इटिन विरुद्ध मेस्सीको तिन एस्सिस्ट, रामोसको डेब्यु

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सको शिर्ष डिभिजन लिग वान अन्तर्गत आइतबार साँझ भएको खेलमा पेरिस सेन्ट जर्मेनले तालिकाको पुछारमा रहेको टोली सेन्ट इटिन विरुद्ध संघर्षपूर्ण जित निकालेको छ।

लिगको पुछारमा रहेको सेन्ट इटन विरुद्ध ३-१ को नतिजा निकालेको फ्रेन्च महारथी पेरिसले, खेलमा पूर्ण दबदबा भने देखाउन सकेको थिएन। पेरिसलाई जित दिलाउने क्रममा मेस्सीले तिन महत्वपूर्ण एस्सिस्ट दिएका थिए।

पहिलो हाफमै १० खेलाडीमा सिमित बनेको इटन टोलीले घरेलु दर्शकबीच उत्कृष्ट खेल प्रदर्शन गरेको थियो। 

सेन्टरले खेलको अधिकांश समय पेरिसलाई बराबरीकै नतिजा राखे पनि अन्तिममा सम्हालिन नसक्दा खेल गुमाउन पुगेको थियो।

जारी सिजनमा रियल मड्रिडबाट पेरिस पुगेका स्टार डिफेन्डर सर्जियो रामोसले पेरिसको शर्टमा आज आफ्नो पहिलो खेल खेलेका थिए। 

शीर्ष स्थानमा आफ्नो पकड अझ मजबुत बनाउँदै १४ अंकको अग्रता लिएको पेरिसको टोलीका लागि अर्का स्टार खेलाडी लियोनल मेस्सीले तिन गोलमा सहायता गरेका थिए।

सेन्ट इटनको घरेलु मैदानमा भएको खेलमा पेरिस पहिलो हाफमा पछि परेको स्थितीलाई उल्ट्याउँदै खेलमा पुनरागमन गरेको थियो।

घरेलु टोलीलाई पहिलो हाफको २३ औं मिनेटमा डेनिस बुगानाले गोल गर्दै १-० को अग्रता दिलाएका थिए।

तर पहिलो हाफको को ४५ औं मिनेटमा पेरिसका खेलाडी किलियन एम्बप्पेलाई फल गर्न पुगेपछि टिमोथी कोलोजीज्याकले रातो कार्ड खादै मैदान छाडेका थिए।

त्यस्पस्चात फ्रिकिकमा लियोनल मेसीले उत्कृष्ट पास दिदा पेरिसका कप्तान मार्कीनोसले स्तरीय हेड गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काएका थिए।

दोश्रो हाफमा १० खेलाडीमा सीमित भएता पनि घरेलु टोलीले पेरिसलाई राम्रो चुनौती दिएको थियो। पेरिस का लागि स्टार खेलाडी लियोनल मेस्सीले गोल गर्ने राम्रा अवसरहरु खेर फालेका थिए।

अर्जेन्टिनी स्टार विंगर डि मारियाले दोस्रो हाफको ७९ औं मिनेटमा मेस्सीको पासमा गोल गर्दै पेरिसलाई २-१ को  स्थितिमा पुर्याएका थिए।

निर्धारित ९०औ मिनेटको इन्ज्युरी समयमा लियोनल मेस्सीकै पासमा पुनः एकपटक राम्रो हेडर गोल गर्दै मार्कीनोसले व्यक्तिगत दोस्रो र पेरिसलाई ३-१ गोलको जित दिलाए।

 

 

Leave a Reply

Next Post

चेल्सी र म्यान्चेस्टर युनाईटेड बिचको खेल बराबर

Mon Nov 29 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी र म्यान्चेस्टर युनाईटेड बीचको खेल एक एकको बराबरीमा टुंगिएको छ। स्ट्यामफर्ड ब्रिजमा हालको लिग लिडर रहेको राम्रो खेल देखाएपनि पाएको मौकामा गोल गर्न नसक्दा युनाइटेड विरुद्ध थप २ अंक गुमाउन पुगेको थियो। पहिलो हाफमा निकै रक्षात्मक खेल […]
%d bloggers like this: