हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | कवार्टर फाइनलमा उरुग्वेलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको कोलोम्बियाले भोलि बिहान अर्जेन्टिनाको सामना गर्दै छ।
दुबै टोलिहरुको लयको कुरालाई ध्यान दिदा, अर्जेन्टिनाले घरेलु मैदानमा खेलेको ८ खेल मध्ये सबै खेलमा गोल गर्न सफल भएको छ, त्यस्तै आफ्ना पछिल्ला ३ खेलमा आठ गोल गरेको छ।
अर्जेन्टिनाको यस पटकको कोपा अमेरिकामा राम्रो अवस्था र लय देखिएता पनि , कोलोम्बिया अर्जेन्टिना बिरुद्द अन्तिम ३ भेटमा अपराजित रहेको छ।
अन्तिम ३ खेलमध्ये कोलोम्बिया एक खेलमा बिजयी हुदा, दुई खेल भने बराबरीमा रोकिएको थियो।

खेल हुने समय: भोलि ( जुलाइ ७” ६:४५ बजे बिहान नेपाली समय )। यस पटकको सिजनमा अर्जेन्टिनाका लागि सर्बाधिक गोल गर्ने खेलाडी मेस्सी रहेका छन । उनले ३ गोल गर्दै दुई एसिस्ट प्रदान गरेका छन।
हेड टु हेड :
कोपा अमेरिका अन्तर्गत तीन पटक आमने सामने भएका यी टोलिको भोलि हुने भेट चौथौ हुने छ।
२०११ मा कोपा अमेरिका अन्तर्गत भएको पहिलो भेट: समूह स्तर अन्तर्गत भएको उक्त खेल बराबरीमा टुङ्गिएको थियो।
२०१५ को कोपा अमेरिकाको कवार्टर फाइनल अन्तर्गत भएको भेटमा खेल पेनाल्टीको स्थिती सम्म पुगेको थियो। उक्त पेनाल्टी शुट आउटमा ५-४ को अग्रताले अर्जेन्टिनाले जित हासिल गरेको थियो।



२०१९ अन्तर्गतको कोपा अमेरिकामा यी दुई बिच तेस्रो भेट भएको थियो। समूह स्तरको खेलमा भएको उक्त भेटमा अर्जेन्टिना माथी कोलोम्बिया भारी हुन पुगेको थियो। कोलोम्बियाको जितका लागि मार्टिनेज र जपाटाले एक एक गोल गरेका थिए। सो खेल कोलोम्बियाले २-० को अग्रताले जितेको थियो।
अघिल्ला खेल तथा यस कोपा अमेरिकामा रहेको प्रदर्शन अनुसार भोलि हुने खेल अतिरिक्त समय हुँदै पेनाल्टी सम्म जाने सम्भावना देखिन्छ। दुबै टोलि उत्तिकै बलिया छन र खेल निकै रोमान्चक हुने आशा गर्न सकिन्छ।