हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इटालियन शिर्ष डिभिजनमा सर्वाधिक सफल मध्येका २ मिलान टोली, यसपटक लिग उपाधिका लागि रोमान्चक लडाईमा छन।
सन् २००० को दशक यता केवल दुईपटक मात्र लिग उपाधि हासिल गरेको एसी मिलान हाल शीर्षस्थानमा रहेको छ।
उसले पछिल्लोपटक सन् २०११ मा आफ्नो अठारौ शिर्ष डिभिजनको उपाधि हात पारेको थियो।
त्यसयस यता निकै उतारचढाव देखेको मिलानले, व्यवस्थापनमा कमी कमजोरीलाई सुधार्दै विगत २ सिजन यता उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
प्रशिक्षक पीओलीको आगमनसँगै एसी मिलनले गत सिजन दोस्रो स्थान हात पारेको थियो भने यस सिजन शीर्षस्थानमा रहेको छ।
लिगमा ३३ खेल खेल्दा ७१ अंक बोकेको एसी मिलान पहिलो स्थानमा छ भने दोस्रो स्थानमा चिर प्रतिद्वन्दी इन्टर रहेको छ।
इन्टर मिलानले एक खेल कम खेल्दै ६९ अंक जोडेको छ।
क्लब इतिहासमा पनि चिरप्रतिद्वन्द्वी मानिएका यी दुबै टोलीले गत सिजन पनि शीर्ष स्थानका लागि राम्रो प्रतिस्पर्धा गरेका थिए।
तर सिजनको मध्यभागमा एसी मिलनले आफ्नो उत्कृष्ट लयलाई समाउन नसक्दा, इन्टर मिलानले उपाधि जित्दा सम्म १२ अंकको अग्रता बनाएको थियो।
अर्को इटालियन टोली युभेन्टसको दबदबा रहेको इटालियन फुटबलमा, इन्टर मिलानले भने सन् २००० यता ६ पटक सेरियाको उपाधि जितिसकेको छ।
इन्टर मिलान अहिलेको सेरियाको डिफेन्डिङ च्याम्पियन पनि रहेको छ।
प्रशिक्षक एन्टोनियो कोनटेको नेतृत्वमा इन्टर मिलनले गत सिजन आफ्नो १९ औं शिर्ष डिभिजनको उपाधि जितेको थियो।
वर्तमान परिप्रेक्ष्यमा इंग्लिस प्रिमियर लिगमा जस्तै रोमाञ्चकता सेरियाको लिगमा पनि देखिएको छ।
एसी मिलानले पाँच खेल खेल्न बाँकी रहँदा एक दशकपछि उपाधि हात पार्न अबका खेलहरुमा शतप्रतिशत जित निकाल्न निकै आवश्यक देखिन्छ।
तर एसी मिलानको जितले मात्र पुग्दैन, उसको उपाधि इन्टरको नतिजाले पनि फरक पर्नेछ। आफ्नो उपाधि जोगाउनका लागि इन्टरले बाँकिका खेलमा अंक गुमाउन पुगे उपाधि यात्रा निकै कठिन देखिन्छ।
हाल लिगमा शीर्ष पाँच भित्र रहेका कुनैपनि टोली संग भने यी दुबै टोलीले अब प्रतिस्पर्धा गर्न बाँकी छैन।
दुवै मिलान टोलीले मिड टेबल र तल्लो क्रममा रहेका टोलीहरु बिच प्रतिस्पर्धा गर्नेछन्।