सेलाउन थाल्यो आर्सनल, एभर्टन संग पनि पराजित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिश प्रिमियर लिगमा आर्सनलले लगातार दोस्रो हार बेहोरेको छ। एभर्टनको घरेलु मैदानमा आर्सनल २-१ गोल अन्तरले पराजित भएको हो।

प्रिमियर लिगमा सुरुवाती तिन खेल हारेर राम्रो पुनरागमन गरेको आर्सनलको फर्म अहिले भने खस्किन थालेको छ।

अघिल्लो साता म्यन्चेस्टर युनाईटेड संग ३-२ ले पराजित भएको आर्सनल पाँचौ स्थानबाट खस्किएर अहिले सातौं स्थानमा झरेको छ।

गुडिसन पार्कमा सोमबार राति भएको खेलमा घरेलु टोलीको जितमा रिचार्लीसन र डिमाराई ग्रेले गोल गरे।

आर्सनलका मार्टिन ओडेगार्डको गोल सान्त्वना बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलको ४४औं मिनेटमा रिचार्लीसनले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा एभर्टन अग्रता लिनबाट चुक्यो।

भिएआरमा उक्त गोलको मुभमा अफसाइड देखिएको थियो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । उनले काइरनको पासमा गोल गरेका थिए ।

५८औं मिनेटमा रिचार्लीसनको अर्काे गोल गरेपनि पुनः उनको गोलले भिएआरबाट मान्यता पाएन ।

उक्त गोलको मुभमा पनि उनी अफसाइड देखिएको थियो । ७९औं मिनेटमा रिचार्लीसनले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

डेमाराई ग्रेको प्रहार क्रसबारमा लागेर फर्कदा रिचार्लीसनले रिवाउन्डमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डेमाराई ग्रेले गोल गर्दै गर्दै एभर्टनलाई पूनरागमन जित दिलाए । उनले आन्द्रे गोमेजको पासमा गोल गर्न सफल भएका थिए ।

जितसँगै एभर्टन १५ खेलबाट १८ अंक जोडेर १२औं स्थानमा उक्लन सफल भएको छ । पराजित आर्सनल २३ अंक जोडेर सातौ स्थानमा रहँदा पाँचौ स्थानमा उक्लने मौका गुमाएको छ ।

-हाम्रो खेलकुद

Leave a Reply

Next Post

बार्सिलोना युरोपा लिगमा घटुवा हुँदा थप आर्थिक संकटमा फस्ने!

Tue Dec 7 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले बुधबार राति आफ्नो अन्तिम यूईएफए च्याम्पियन्स लिगको समूह चरणको खेलमा बायर्न म्युनिखसँग खेल्दैछ। क्याटालान टोलि अहिले समूह ई मा बेन्फिका (तेस्रो) माथि दुई अंकको अग्रता लिएर दोस्रो स्थानमा छ। यद्यपि, नकआउट चरणमा आफ्नो स्थान बुक गर्नको लागि, बार्सिलोनाले एलियान्ज एरिनामा सबै तीन अंकहरू कब्जा गर्न […]
%d bloggers like this: