स्टिभन जेरार्ड बने एस्टन भिल्लाको नयाँ म्यानेजर

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिभरपुलका पूर्व खेलाडी तथा स्कटिस क्लब रेन्जर्सका प्रशिक्षक स्टीभन जेरार्ड एस्टन भिल्लाका नयाँ प्रशिक्षकको रूपमा नियुक्त भएका छन्।

यसै साता एस्टन भील्लाले आफ्ना पूर्व प्रशिक्षक डीन स्मिथलाई लिगमा खराब प्रदर्शन जारी राखेपछि बर्खास्त गरेको थियो।

सन् २०१८ देखि स्कटिस क्लब रेनजर्सको प्रशिक्षकको रुपमा काम गरिरहेका ४१ बर्षीय जेरार्डले गत सिजन क्लबलाई ९ वर्ष देखिको सेल्टिकको डबदबा तोड्दै लिग च्याम्पियन बनाएका थिए।

भिल्लाले अर्को ४८ घण्टामा रेन्जर्सका म्यानेजरलाई आधिकारिक रुपमा नियुक्त गर्ने सम्झौतालाई अन्तिम रूप दिनेछ, जसमा जेरार्ड र उनका सहायक ग्यारी म्याकअलिस्टरका लागि स्कटिश क्लबसँग £३.२५-४ मिलियनको क्षतिपूर्तिको सहमति भएको छ।

भिल्ला प्रिमियर लिग तालिकामा १६ औं स्थानमा छ, आफ्नो लिग अभियानको ११ खेल पछि रेलिगेसन क्षेत्र भन्दा केवल दुई अंक माथि।


रेन्जरका लागि १९३ खेलमा म्यानेजरका रूपमा डग आउटमा बिताएका स्टिभनले १२५ खेलमा जित हात पारेका छन् भने एउटा लिग उपाधि जितेका छन्।

खेलाडी जीवनमा आफ्नो करियर अघिकांश समय लिभरपुलमा बिताएका जेरार्ड रेड्स टोलीका महान खेलाडी मध्ये गनिन्छन्।

जेरार्डको पहिलो खेल प्रिमियर लिगमा नोभेम्बर २० मा ब्राइटन विरुद्धको खेल हुनेछ।

Leave a Reply

Next Post

विश्वकप छनौटमा जर्मनीले ठोक्यो ९ गोल

Fri Nov 12 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सन् २०२२ को विश्वकप छनौटमा स्थान बनिसकेको जर्मनीले लीचेस्टाईन माथि ९-० गोल अन्तरको भारि जित निकालेको छ। जर्मनीको सानदार जितमा लिरोए साने र थोमस मुलरले समान दुई गोल गर्दा इल्केए गुन्डोगान, मार्काे रिउस र रिड्ले बाकुले समान एक गोल गरे । दुई गोल भने आत्मघाती गोल […]
%d bloggers like this: