स्पेनलाइ पराजित गर्दै इटाली युरोकप २०२० को फाइनलमा !!!

Italy in the Finals

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | स्पेनलाई पराजित गर्दै इटाली युरो कप २०२० को फाइनलमा !

गएराती भएको इटाली र स्पेनबिरुद्दको खेल एकदमै रमाइलो हुन गएको थियो। ९० मिनेटको रेगुलर समयमा खेलको नतिजा नआए पछि, खेल अतिरिक्त समयमा जान पुगेको हो।

दुबै टोलिको लगातार प्रयास पछि पनि खेल बराबरमै रोकियो । अतिरिक्त समयको खेल पनि नतिजा हिन भैसकेपछी खेल पेनाल्टीमा जान पुगेको हो।

पेनाल्टी अन्तर्गत पहिलो प्रहार इटालीले गरेको थियो जुन सिमनले बचाउ गरिदिएका थिए। स्पेनका लागि पहिलो प्रहार गरेका ओल्मोले गोल गर्न सकेनन।

दोस्रो राउन्ड अन्तर्गत बेलोट्टी र मोरेनो दुबैले गोल गर्दा पेनाल्टीमा १-१ को स्कोर भएको हो। त्यसपछिको तेस्रो राउन्डमा बनुक्की र थिएगो अल्कान्टराले गोल गर्दा स्कोर २-२ हुन पुगेको हो।

चौथौ शट खेल्दा गोल गर्दै इटालीले ३-२ बनायो भने उता स्पेनका मोराटाले प्रहार गरेको शट इटालीका गोल रक्षकले रोकेका थिए। अन्तिम प्रहारमा पनि त्यस्तै किसिमको नतिजा आएपछि स्पेन इटाली सङ पेनाल्टीमा ४-२ को अन्तरले पराजित हुन पुगेको हो।

पहिलो ९० मिनेटमा भने खेल १-१ को बराबरीमा रोकिएको थियो। सिरो इमोबिलेको उत्कृष्ट पासलाइ गोलमा परिणत गर्दै चिएसाले इटालीलाई पहिलो अग्रता दिलाएका थिए।

Italy takes a lead in the semifinals
Italy takes a lead in the semifinals

६० औ मिनेटमा लिएको अग्रतालाइ इटालीले सुरक्षा गर्न नसक्दा ८० औ मिनेटमा डेनिएल ओल्मोको असिस्टमा गोल गर्दै अल्भारो मोराटाले खेलमा बराबरीमा ल्याएको थियो।

Spain equalizes in the 80 minutes !!
Spain equalizes in the 80 minutes !!

जितसंगै इटाली युरो २०२० को फाइनलमा पुगेको छ भने हार बेहोरेको स्पेनले अब तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छ। इटालीले फाइनलमा दोस्रो सेमिफाइनलको बिजेतासङ समना गर्ने छ। दोस्रो फाइनल अन्तर्गत डेनमार्क र इङ्ल्यान्ड भिड्दै छन।

Italy defeats Spain to secure a place in Finals of Euro 2020
Italy defeats Spain to secure a place in Finals of Euro 2020

Leave a Reply

Next Post

रोमाञ्चक खेलमा कोलोम्बियालाइ हराउदै अर्जेन्टिना कोपा अमेरिकाको फ़ाइनलमा !!

Wed Jul 7 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। कलाम्बियाबिरुद्द पेनाल्टी शुटआउटमा जित निकाल्दै अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ। अर्जेन्टिनाका किपरले पेनाल्टी शुटआउटमा तिन उत्कृष्ट बचाउ गर्दै, जितलाइ निश्चित गरेका थिए। पहिलो प्रयासमा गरेको कोलोम्बियाले त्यसपछिका दुइ लगातार शटमा गोल गर्न सकेन। पाच पटकको प्रयासमा दुइ गोल गरेको कोलोम्बिया चार पटकको प्रयासमा तिन […]
%d bloggers like this: