हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | स्वेडेनलाई पराजित गर्दै युक्रेन युरो कप २०२० को क्वाटर फाइनलमा !!
समूह चरणबाट उत्कृष्ट प्रदर्शन गर्दै राउन्ड अफ १६ प्रबेश गरेका दुबै टोलिले खेलको सुरुवाती मिनेटबाटै आक्रमक शैली अपनाएका थिए।
खेलको पहिलो हाफ अन्तर्गत २७ औ मिनेटमा युक्रेनका जिन्चेन्कोले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए। उक्त गोलको जवाफ स्वरुप स्वेडेनले ४३ औ मिनेटमा गोल गर्दै बराबरी गरेको थियो ।

दोस्रो हाफ अन्तर्गत कुनै पनि गोल हुन सकेन। दुबै टोलिले निरन्तर रुपमा प्रयास गरेता पनि राम्रो फिनिसिङ गर्न नसकदा खेलको ९० मिनेट नै बराबरीमा रोकियो।



अतिरिक्त समयमा गएको खेल अन्तर्गत १२०+१ औ मिनेटमै युक्रेनले गोल गर्दै शानदार जित हासिल गरेको हो। युक्रेनका लागि दोस्रो गोल डोब्यक्ले गरेका थिए।डिफेन्समा दुबै टोलिले राम्रो प्रदर्शन गरेता पनि, खेलको अन्तिम समयमा गोल खादा स्वेडेन निराश देखिएको थियो।
पेनाल्टीम जाने भनेर मानिएको खेलमा युक्रेनले एक्कासी जित निकाल्यो र क्वार्टर फाइनल प्रबेश गरेको छ। उक्त क्वार्टर फाइनल अन्तर्गत युक्रेनले इङ्ल्यान्डको सामना गर्ने छ।