हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिश प्रिमियर लिगमा गएराती सम्पन्न क्रिस्टल प्यालेस विरुद्धको खेलमा आर्सनल घरेलु मैदानमा बराबरीमा रोकिएको छ।
आफ्ना महान खेलाडी प्याट्रिक भियारालाई प्रतिद्वन्दी म्यानेजरका रुपमा आतिथ्यता गरेको आर्सनल, इमिरेट्स मैदानमा २-२ को बराबरीमा रोकिएको थियो।
पहिलो हाफमा आर्सनलका लागि खेलको ८औं मिनेटमा निकोलस पेपेले प्रहार शट प्यालेसका किपरले बचाए पनी क्लियर हुन नपाउदा ओबामियांगले गोल गर्दै आर्सनललाई १-० ले अगाडि बढाएका थिए।
तर दोस्रो हाफको को सुरुवातमै आर्सनलका थोमस पार्टेले आफ्नै डी एरिया अघि गल्ति गर्दा प्यालेस खेलमा फर्किएको थियो।
क्रिष्टल प्यालेसलाई उसका स्टार फरवार्ड क्रिस्टियन बेन्टेकेले सिजनको पहिलो गोल गर्दै खेलको ५०औ मिनेटमा टोलीलाई १-१ को बराबरीमा ल्याएका थिए।
दोस्रो हाफमै क्रिस्टल प्यालेसका गोलरक्षकले आर्सनलका फरवार्ड लाकाजेटको राम्रो मौकालाई उत्कृस्ट बचाव गरेका थिए. फार पोस्टमा प्रहार गरेको सटलाई किपरले आकर्षक ढंगले पोस्ट बाहिर फ्यालेका थिए।
दोस्रो हापको ७३औ मिनेटमा काउन्टर अट्याकमा गोल गर्दै ओडसुन एडुअर्डले प्यालेसलाई अग्रता दिलाए।
खेल जितिसकेको अवस्थामा क्रिस्टल प्यालेसको रक्षात्मक लाईन सम्हालिन नसक्दा आर्सनलले खेलमा पुनरागमन गर्न पुगेको थियो।
खेल सकिन केही क्षण मात्र बाँकी रहँदा आर्सनल लागि लकाजेटले इन्ज्युरी समय (९०+५औ)मा गोल गर्दै टोलीलाई हारको मुखबाट जोगाए।
जारी सिजन खराब प्रदर्शनबाट सुरुवात गरेको आर्सनल टोली पछिल्लो पाँच खेलमा भने अपराजित रहेको छ जसमा तीन जित र दुई बराबरी रहेका छन्।
आफ्नो नयाँ व्यवस्थापक प्याट्रिक भियराको नेतृत्वमा लय सम्हाल्न नसकिरहेको प्यालेसले भने लगातार तेस्रो बराबरी खेलेको छ।
८ खेलमा ११ अंक फुलेको आर्सनल तालिकाको १२औँ स्थानमा छ भने प्यालेस ८ अंक सहित १४औ स्थानमा बसेको छ।