हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। पहिलो खेलमा सन्तोषजनक प्रदर्शन गर्दै जित निकालेको बार्सिलोनाले दोस्रो खेलमा भने एथलेटिक क्लबसंग बराबरी गरेको छ।
हाफ टाइमसम्म बराबरी नै रहेको खेलमा, दोस्रो हाफको पाच मिनेट नबित्दै, मार्टिनेजले गोल गर्दै एथलेटिक क्लबमा पहिलो अग्रता दिलाएका थिए।
अग्रतालिए संगै जित सुनिस्चित गर्ने दाउमा देखिएको एथलेटिक क्लबले आफ्नो खेल्ने शैलीमा केहि दिफेन्सिब मोड ल्याएको थियो।
५२ औ मिनेटमा नै बार्सिलोनाका डेस्टले डिफेन्सलाइ आफ्नै दममा छल्दै, राम्रो गोल गर्ने मौका सिर्जना गरेका थिए जसलाई जुलेनले बचाउ गरेका थिए।
७५ औ मिनेटमा सर्जियो रोबर्टोले डिपेको रनलाइ हेर्दै, उनकालागि उत्कृष्ट पास निकालिदिएका थिए र उक्त पासको उपयोग गर्दै मेम्फिस डिपेले त कर्नरमा प्रहर गरेर बराबरीको गोल गरेका थिए।
७५ औ मिनेटमा खेलको स्कोर १-१ रहेको थियो, र दुवै टोलि बिजयी गोलका लागि तत्पर देखिएका थिए। ८५ औ मिनेटमा पाएको अर्को मौकालाइ डिपेले पोस्टको फराकिलो भागमा प्रहार गर्दा, गोल हुन सकेन।
८९ औ मिनेटमा नेटोले शानदार दिफेन्सिब बचाउ गर्दै निको विलियम्सको सम्भावित गोललाइ रोकेका थिए। ९०+३ मिनेटमा निको विलियम्सको प्रहारलाइ रोक्ने क्रममा फल गर्न पुगेका एरिक गार्सियाले दोस्रो फल गर्दा, रेफ्रीले रातो कार्डले दण्डित गरेका थिए।
९०+४ मिनेटमा पाएको अन्तिम सुनौलो मौकामा गोल गर्न नसक्दा, सुरुमा अग्रता लिएको एथलेटिक क्लबले खेललाइ बराबरीको मोडमा सकेको हो।
मेस्सी बिनाको यो पहिलो सिजनमा बार्सिलोनालाइ आफ्नो पुरानो लयमा प्रदर्शन गर्न पक्कै पनि कठिन हुनेछ तर मेम्फिस डिपे, सर्जियो अग्युएरो जस्ता नया अनुबन्धित भएका खेलाडिहरुको सकारात्मक असरले क्लबलाइ फाइदा हुने पनि देखिएको छ।