होबर्ट हुरिकेन्स पराजित, सन्दिपले लिए एक विकेट

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अस्ट्रेलियाको घरेलु टि-ट्वान्टी प्रतियोगिता बिग व्यास लीगमा सन्दिप लामिछानेको टोली होबार्ट हुरीकेन्सले पराजय व्यहोरेको छ।

जारी बिग व्यास लिगमा दोस्रो खेल गुमाउने क्रममा होबार्ट, पर्थ स्कोर्चर्स सँग ५३ रनले पराजीत भएको हो।

पर्थले दिएको १८३ रनको लक्ष्य पछ्याएको होबार्ट, निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदा केवल १२९ रनमा समेटिन पुगेको थियो।

टस जितेर पहिला ब्याटिङ रोजेको पर्थले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो।

पर्थका मिचेल मार्शले ६० बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक एक सय रनको शतकीय इनिङ खेलेका थिए।

लाहिरु इभान्सले २४ बलमा ५ चौका र १ छक्कासहित ४० रन जोडे। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

होबर्टका तर्फबाट सन्दिप लामिछानेले ४ ओभरमा ३२ रन दिदै १ विकेट लिए भने जोइल पेरिस र स्कट बोल्यान्डले एक एक विकेट लिए।

त्यसैगरि नाथन एलिसले ४ ओभरमा ३३ रन दिंदा २ विकेट आफ्नो नाममा गराउन सफल भए।

जवाफी १८३ रनको विजयी लक्ष्य पछ्याएको होबार्टका लागि कुनै पनि ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्।

ओपनर दार्सि शर्टले ३१ रन बनाउँदा मध्यक्रमका ब्याट्सम्यान बेन म्याकडरमटले ४१ रनको पारी खेलेका थिए।

अन्य ब्याट्सम्यानहरुले राम्रो स्कोर बनाउन नसक्दा होबार्टले फराकिलो हार बेहोरेको थियो। सन्दिप लामिछानेले ९ बलमा १ छक्का प्रहार गर्दै नट आउट १३ रन जोडेका थिए।

होबार्ट लाई सस्तोमा समेट्ने क्रममा पर्थ स्कोरचरका तर्फबाट टैमल मिल्सले ४ ओभरमा २३ रन दिँदै ३ विकेट लिएका थिए।

त्यसैगरी एस्टन अगर र एन्ड्रयू टाईले समान दुई दुई विकेट लिए।अन्य बलहरुले समान एक एक विकेट लिएका थिए।

शतकीय इनिङ खेलेका मिचेल मार्स खेलको म्यान अफ दि म्याच घोषित भए।

 

Leave a Reply

Next Post

रियल मड्रिड विरुद्ध मेस्सिको रेकर्ड

Wed Dec 15 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिओ मेस्सी र रियल मड्रिड आपसका पुराना चिर प्रतिद्वन्दी रहेको कुरा धेरैलाई अवगत गराउन पर्दैन। यस पटकको च्याम्पियन्स लिगमा नकआउटको ड्र ले दुई कट्टर प्रतिद्वन्दीलाई पुनः मैदानमा एकपटक उभ्याईदिएको छ। लियोनल मेस्सी फुटबलको खेलमा उत्कृष्ट खेलाडीहरू मध्ये एक हुन्। उनले स्पेनमा १७ सिजन बिताए जसमा उनले […]
%d bloggers like this: