हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रिष्टियानोले म्यान्चेष्टर युनाइटेडमा सन् २००३ देखि ६ वर्षको बसाइमा ७ नम्बर जर्सीमा तहल्का मच्चाए।
सन् २००९ मा विश्वकै सबैभन्दा महंगा फुटबलर बन्दै क्रिष्टियानो रोनाल्डो रियल मड्रिड पुगेका थिए।
म्यानचेस्टर युनाईटेडका पूर्व खेलाडी तथा खेल विश्लेषकहरुले त्यसबखत देखिनै म्यान्चेस्टर युनाइटेडको पतनको सिलसिला सुरु भएको विश्वास गर्दछन्।
रोनाल्डोले क्लब छाडे पश्चात उनकै जस्तो क्षमता भएका अन्य खेलाडीहरु भित्राउन नसक्दा युनाईटेडले त्यसको चार सिजन देखिनै पतनको बाटो देखेको थियो।
उनको बहिर्गमनसँगै उनले छोडेको साथम जर्सीको भार उति नै थियो र अाउने नयाँ पिढीलाई त्यस्तो जिम्मेवारी सम्हाल्न ठुलै सकस परेको थियो।
सन २००९ पश्चात २०२१ सम्म युनाईटेडमा सात नम्बर जर्सी लगाएर ६ खेलाडीले डेब्यु गरे।
माइकल ओवेन, एन्जेंल डी मारिया, मेम्फिस डिपे, भ्यालेन्सिया, काभानी, सान्चेज जस्ता प्रतिभाशाली खेलाडीहरुले उक्त जर्सी लगाए पनि साख भने जोगाउन सकेनन।
हरेकपटक उक्त जर्सी नम्बर लगाएर मैदानमा उत्रिदै ‘अर्को रोनाल्डोको’ उपनाम पाइरहँदा प्रदर्शन भने जर्सीको वजनले थिचेको जस्तो देखिन्थ्यो।
त्यसमा पनि डी मारिया, सान्चेज र डिपे त फ्लप खेलाडीको रुपमा गनिन्छन।
यी तिन खेलाडीले १३० भन्दा बढी खेलमा ७ नम्बरको जर्सी प्रतिनिधित्व गर्दा कुल मिलाएर २० गोल पनि गर्न सकेनन्।
सन् २०२०मा पेरिसबाट एडिंसन काभानीको आगमनसँगै ७ नम्बर जर्सीले केहि राहत पाएको थियो।
आफ्नो पहिलो सिजनमा ३९ खेलमा १७ गोल गर्दै भेटरान फरवार्डले जर्सीको साख फिर्ता ल्याउने कोशिश गरे।
तर अर्को सिजन आफुले छाडेर गएको ७ नम्बरको विरासत कायम गर्नका लागि क्रिस्टियानो रोनाल्डो आँफैँ एक दशकपछि म्यानचेस्टर युनाईटेड फर्किएका छन्।
उनीसँगै उनको सात नम्बर जर्सीको रौनक पनि फर्किएको छ।
हाल प्रिमियर लिगमा एकै सिजनमा १७ गोल गरिसकेका ३७ वर्षीय स्ट्राइकर टोलीमा सर्वाधिक गोल गर्ने खेलाडी रहेका छन्।
आफ्नो टोलीको प्रदर्शन राम्रो हुन नसकेपनि व्यक्तिगतरूपमा २३ गोल गरिसकेका युनाइटेडका मुख्य खेलाडी बनेका छन्।
रोनाल्डोको प्रेरणामा, युनाईटेडले च्याम्पियन्स लिगमा तथा घरेलु लिगमा महत्वपूर्ण जित निकालेको छ।