८ बर्ष पछि विश्वकप खेल्ने सपना, के भन्छन त कप्तान र प्रशिक्षक?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ओमानमा शुक्रबार देखि सुरु हुन लागेको टि ट्वान्टी विश्वकप छनौट प्रतियोगीतामा अब्बल साबित हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीले जोडतोडले तयारी गरिरहेको छ।

सन् २०१४ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाउदै नेपाली खेलकुद इतिहासमै सबैभन्दा ठुलो उपलब्धि हासिल गरेको नेपाली क्रिकेट टोलि, यसपटक फेरी इतिहास दोहोर्याउने पक्षमा रहेको छ।

वर्तमान प्रशिक्षक पुबुदु दासनायकेकै नेतृत्वमा नेपालले पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो, यस पटक पनि पुबुदु राष्ट्रिय टोलीलाई विश्वकपमा पुर्याई छाड्ने अठोटका साथ नेपाल फर्किएका हुन।

ओमान विरुद्ध उसकै घरेलु मैदानमा नेपाली टोलीले छनौटको पहिलो खेल खेल्नेछ।

प्रतियोगिता  सुरु हुन अघि प्रशिक्षक पुबुदुले टोलीका बारेमा आफ्नो धारणा राखेका छन्:

‘मलाइ लाग्छ अहिले सम्मको टिमबाट म सन्तुष्ट छु । चार देश सम्मिलित टि२० सिरिजले सहयोग गरेको छ । यो प्रतियोगिता राम्रो गर्ने सोचमा छौं, पुबुदुले टिमबारे भने, ‘मलाई लाग्छ १७ जना खेलाडीलेनै कडा मिहिनेत गरेका छन् । अहिलेको अवस्थामा यो हाम्रो राम्रो टोली हो ।’

‘फिल्डिङ महत्त्वपूर्ण हुन्छ । मलाई लाग्छ बलिङमा मौका बनाउने अवसर हो । हामीले सामान्य फिल्डिङ गरेका थियौं । त्यो कन्डिसनमा भर पर्छ । केहि समय समाउन कठिन पर्न सक्छ । हामी हरेक क्याच समाउन चाहन्छौं।”

पछिल्लो केहि दिनमा फिल्डिङमा सुधार गरेका छौं । मैले हाम्रो टोली प्रतियोगिताकै उत्कृष्ट फिल्डिङ टोली हुने अपेक्षा गरेको छु’, उनले बताए।

‘चारदेशीय सिरिजका खबै खेलमा खेलाडीहरुले राम्रो प्रदर्शन गरे हामी जितको नजिक पुगेका थिए । मलाई खेलको प्रदर्शनबाट कुनै खालको अफसोस छैन । तीनवटा खेलबाट पूरै टिम विश्वस्त भएको छ,’ उनले थपे।

उनि संगै टोलीका वर्तमान कप्तान सन्दिप लामीछानेले पनि विश्वकपमा सहभागिता जनाउन आतुर रहेको र नेपाली टोलि यसका लागि सक्षम रहेको बताएका छन्।

‘टिमको अवस्था एकदमै राम्रो छ । तयारी पनि राम्रो गरेका छौं । पछिल्ला तीन चार दिनमा मिटिङ र अभ्यासहरुमा हामीले सबै गल्ती महसुस गर्दै तयारी गरेका छौं । अवको एक हप्ता हाम्रो लागि निकै महत्त्वपूर्ण छ।’

खेलाडीहरुको प्रदर्शन तथा तीनवटै खेलको आधारमा हामी विश्वकप छनोटका लागि सक्षम छौ जस्तो लाग्छ । सबैको अन्तिम उदेश्य भनेको नेपाललाई विश्वकपमा पुर्याउने नै हो ।’ उनले बताए।

नेपाल यस छनौट प्रतियोगिताको फाइनल पुग्न सफल भए, यसै बर्ष अस्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकप छनौट प्रतियोगितामा छनौट हुनेछ।

Leave a Reply

Next Post

ओमान विरुद्ध नेपालको दयनीय ब्याटिंग

Fri Feb 18 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप छनौट अन्तर्गत ओमान विरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदा केवल ११७ रन बनाएको छ। नेपालका आरिफ शेखले ३७ बलमा २ चौका सहित सर्वाधिक ३८ रन बनाउदा कप्तान सन्दीप लामिछाने ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा […]
%d bloggers like this: