उत्कृष्ट प्रदर्शन गरेको वेस्ट इन्डिजद्वारा दक्षिण अफ्रिका पराजित !!

Dwayne Bravo Strikes for West Indies

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | टस जितेर पहिला फिल्डिङ्ग गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले राम्रो सुरुवात गरेको थियो।

शृङ्खलामा २-१ को अग्रता लिएको अफ्रिकाले पहिला केही ओभरमा वेस्ट इन्डिजमाथी दबाब सिर्जना गरेको थियो। १० ओभरको समाप्तीमा वेस्ट इन्डिजको ७० रन बन्दा उसले ४ विकेट गुमाउन पुगेको थियो।

ओपनर लेन्डल सिमन्सले एक तर्फबाट पारीलाई अगाडी बढाउने प्रयास गर्दा पनि माथिल्ला क्रमका ब्याट्सम्यानहरु मौन नै रहे। उनका ओपनर साथी लेविस ७ रनमा, गेल ५ रनमा, हेटमेयर ७ रन र पुरन १६ रनमा आउट हुन पुगे।

४ छक्का र ४ चौकाको मद्दतले ४७ रन बनाएर पबिलियन फर्किएका सिमन्सको जिम्मेवारी कप्तान पोलार्डले लिए । अन्तिमका केही ओभरमा आक्रमक पारी खेलेका उनले २५ बलको सामना गर्दै पाच छक्का र दुई चौकाको मद्दतले ५१ रन बनाउन पुगे । अबिजित रहेका पोलार्डलाइ साथ दिने क्रममा फेबियन एलेनले १३ बलको सामना गर्दै २ चौका र एक छक्काका साथ १९ रन जोडे । जस स्वरुप कुनै समय लड्खडाएको वेस्ट इन्डिजले १६८ रनको बिजयी लक्ष्य पेस गर्यो।

Pollard Guides West Indies to a Respectable Total
Pollard Guides West Indies to a Respectable Total / Credit : ICC

दक्षिण अफ्रिकालाई बलिङ्ग तर्फबाट योगदान दिने क्रममा शम्शी र लिन्डेले २-२ विकेट चट्काए ।

१६८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको सुरुवात राम्रो हुन सकेन। दोस्रो ओभरमै विकेट गुमाएको दक्षिण अफ्रिकाका ओपनर डिककले खेललाइ १७औ ओभरसम्म डोर्याएता पनि उनलाइ अर्को कुनै ब्याट्सम्यानले साथ दिन नसकदा खेल जित्ने सम्भावना गुमेको थियो।

डिककले ४३ बलको सामना गरेर बनाएको ६० रन बाहेक अरु कुनै ब्याट्सम्यानले २० रनको आकडा पार गर्न सकेनन।

Dwayne Bravo Strikes for West Indies
Dwayne Bravo Strikes for West Indies / Credit : ICC

वेस्ट इन्डिजका अनुभबी खेलाडी ड्वेन ब्राभोले ४ ओभरमा मात्र १९ रन दिएर, चार विकेट लिएका थिए। उनले अन्तिमका तीन विकेट र कप्तान डिककको महत्वपूर्ण विकेट चट्काएका थिए।

१६७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरको समाप्तीमा ९ विकेट गुमाउदै १४६ रन बनाउदै २१ रनको हार बेहोर्न पुग्यो। वेस्ट इण्डिजले हासिल गरेको यस जित सङ्गै श्रृङखलामा २-२ को बराबरी भएको छ भने अबको अन्तिम खेल जित्ने टोलिले शृङ्खला आफ्नो नाममा गर्ने छ।

Leave a Reply

Next Post

युरो कप कवार्टर फाइनल : यस्तो छ हेड टु हेडको तथ्यांक !!

Fri Jul 2 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। आज कवार्टर फाइनल १ अन्तर्गत स्विट्जर्ल्याण्डले स्पेनको सामना गर्दै छ भने कवार्टर फाइनल २ अन्तर्गत बेल्जियमले इटालीको सामना गर्ने छ। स्विट्जर्ल्याण्ड बिरुद्द स्पेन : फ्रान्सलाइ नाटकिय ढंगबाट हराएको स्विजरल्याण्डले आज स्पेनको सामना गर्दै छ। फ्रान्स बिरुद्द स्विट्जर्ल्याण्ड ९० मिनेटको दौरानमा लेट बापसी गर्दै बराबरीमा टुङ्ग्याएको थियो। […]
Euro Cup Quarter Finals
%d bloggers like this: