नेपाली टोलीलाई ट्राइ-सिरिजमा हासिल गरेको जितका लागि नगद पुरष्कार प्रदान गरिएको छ !!

Nepal provided with proposed amounts from CAN and My Second Teacher

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। नेदरल्यान्ड्स, मलेसिया र नेपाल बिचको त्रिकोणात्मक शृंखला अन्तर्गत डेब्यु गरेका चार खेलाडीलाइ जनही एक लाख र नेपालि राष्ट्रिय क्रिकेट टोलिलाइ ५ लाख प्रदान गरिएको छ।

बैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजित त्रिकोणात्मक शृंखलामा उत्क्रिष्ट प्रदर्शन गरेको टोलीलाई आज नेपाल क्रिकेट संग तथा स्पोन्सर “माइ सेकेण्ड टिचरले ” घोषणा गरे अनुसारको रकम प्रदान गरेका छन्। नेपालले शानदार प्रदर्शन गर्दै उक्त शृंखलामा बिजयी हासिल गरेको थियो।

नेपालका लागि युवा खेलाडीहरुले प्रसंशा योग्य योगदान दिएका थिए भने मल्लको कप्तानी पनि तारिफ योग्य रहेको थियो। नेपालले त्रिकोणात्मक शृंखलामा धेरै नै किर्तिमानहरु बनाएको थियो। जसमा ब्यतिगत रुपमा कीर्तिमानी रच्ने खेलाडीहरु पनि रहेका थिए। व्यक्तिगत कीर्तिमानीको कुरा गर्दा उत्कृष्ट लयमा देखिएका डेब्युटेण्ट कुशल भुर्तेल बल्दो खेलाडीको रुपमा चिनिएका थिए।

Kamal singh airee takes wicket against netherlands

नेपाली खेलाडी तथा टोलीकै राम्रो प्रदर्शनको सम्मान गर्दै क्यान र नेपाली क्रिकेट टोलीको प्रमुख स्पोंसोर माइ सेकनड टिचरले नगद उपहार प्रदान गर्ने घोषणा गरेका थिए। सो घोषणामा क्यान र माइ सेकेण्ड टिचरको सहकार्य स्वरुप नेपाली टोलीलाई ५ लाख नगद र डेब्यु गर्ने प्रत्येक खेलाडीलाइ जनही १-१ लाख प्रदान गर्ने भनेको थियो । घोषणा गरेको आज दुइ महिना पश्चात खेलाडीहरुले अपेक्षित रकम पाएका छन्।

नेपालको अबको खेलको कुरा गर्दा, स्पेनमा हुने भनिएको स्कटल्याण्ड, नेपाल र नामिबिया बिचको प्रतियोगिता कोरोना भाइरसका कारणले अर्को बर्षको लागि स्थगित गरिएको छ।

Leave a Reply

Next Post

सर्जियो रेमोस पेरिस सेन्ट जर्मनसंग अनुबन्धित !!

Thu Jul 1 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। रियल मेड्रिडका पूर्व कप्तान सर्जियो रेमसले पीएसजीको प्रस्ताब स्वीकारेका छन् । यहि सिजनबाट रियल मेड्रिडको कनट्र्याक्ट सकिएपछि, पूर्व क्लबबाट बिदाइ पाएका रेमसलाइ प्रिमियर लिगबाट प्रस्ताबहरु आए पनि, उनले कुनै पनि डिल प्रति चासो देखाएनन। ३५ बर्षे रेमसले रियल मेड्रिडमा रहदा सबै खालका सम्भाभित सफलताहरु हासिल गरे। […]
Ramos Join PSG
%d bloggers like this: