हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| लियोनल मेस्सी पेरिस सेन्ट-जर्मेनमा कठिन समय सहेर बार्सिलोनामा सनसनीपूर्ण पुनरागमनको बाटोमा आउन लागेको रिपोर्ट अन्तरास्ट्रिय मिडियाले बताएका छन्।
सात पटकको बालोन डी’ओर विजेता मेस्सीले, जुन ३० मा आफ्नो सम्झौताको म्याद सकिएपछि ब्लाउग्रानासँग आफ्नो लामो समयदेखिको ट्रफीले भरिएको कार्यकाल समाप्त गरेका थिए।
उनले आर्थिक रूपमा त्रसित क्लबमा रहन तलब कटौती गर्न सहमत भए, तर मेस्सीको नयाँ सम्झौता ला लिगाले स्वीकार गरेन र उनी अन्ततः नि: शुल्क स्थानान्तरणमा पेरिस सेन्ट जर्मन गएका थिए।
तर यसै साता रियल म्याड्रिडको हातबाट च्याम्पियन्स लिगबाट टोली बाहिरिएपछि बोर्डोक्समाथि पीएसजीको ३-० को जितमा उनी र नेयमार दुवैलाई फ्यानहरुले मैदानमा गिज्याएका थिए।
र पत्रकार जेरार्ड रोमेरोको ताजा रिपोर्ट अनुसार, मेस्सीका बुबा र एजेन्ट, जर्ज, सम्भावित पुनरागमनको लागि बार्सिलोनासँग सम्पर्कमा छन्।

उनको पेरिसको बसाई पनि राम्रो हुन सकेको छैन। आहिले सम्म घरेलु लिगमा केवल २ गोल गरेका मेस्सीले समग्र सिजनमा केवल ७ गोल गर्न भ्याएका छन् जुन वास्तबमै अविश्वसनीय रहेको छ।
उनको विदाई पत्रकार सम्मेलनमा मेस्सीले किन आफु बार्सिलोना छाडीरहेको छु भनेर बताउदै आँसुले निकै भाबुक भएका थिए।
मेस्सी भर्खरै क्याटालोनिया फर्कीएर पूर्व टोलीका साथी र वर्तमान बार्सिलोना प्रशिक्षक जाभी हर्नान्डेजसँग डिनर गरेको पनि बताईएको छ।
मेस्सी १३ वर्षको उमेरमा नेवेल्स ओल्ड ब्वाइजबाट बार्सिलोना आए र क्लबको कीर्तिमान गोलकर्ता र अहिलेसम्मकै उत्कृष्ट खेलाडी बन्न सफल भएका छन्।
बार्सिलोनाको पहिलो टोलीका लागि ७७८ खेलहरूमा, मेस्सीले अक्टोबर २००४ मा प्रतिद्वन्द्वी इस्पानियोल विरुद्ध डेब्यु गरेदेखि बार्सिलोनाका लागि ६७२ गोल र ३०५ असिस्टहरू दर्ता गरेका थिए।
३४ वर्षिय खेलाडीले १० ला लिगा उपाधि, चार च्याम्पियन्स लिग र सात कोपा डेल रे ट्रफी सहित अविश्वसनीय ३५ सम्मानहरू जितेका छन्।