हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। गए राति भएको खेलमा वेल्सलाइ ४-० को गोलान्तराले पराजित गर्दै डेनमार्कले क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। सुरुबाटै वेल्सलाइ दबाबमा राख्न सफल भएको डेनमार्कका लागि दोल्बर्गले पहिला दुइ गोल गरेका थिए। पहिलो गोल २७ औ मिनेटमा गरेका डोल्बर्गले दोस्रो गोल ४८ औ मिनेटमा गरेका थिए।
२-० को गोलानातरले अग्रता लिएको डेनमार्कले लगातार दबाब जारि राख्यो र फलस्वरुप महलेले ८८ औ मिनेटमा र ९०+४ मिनेटमा मार्टिन ब्रेथ्वाइटले गोल गरेर खेललाइ अत्यन्तै उत्कृष्ट ढंगबाट समाप्त गरेका हुन्। खेलको अबधि भरि डेनमार्कले निकै मौकाहरु उत्पन्न गरेको थियो र निकै राम्रो ढंगले ति मौकाहरुलाई गोलमा परिणत पनि गर्यो।
वेल्सले यस हारसंगै आफ्नो युरो कप २०२० बाट बाहिरिएको छ। समूह चरणमा उल्लेखनिय प्रदर्शन गर्दै राउण्ड अफ १६ मा प्रवेश गरेको वेल्स आजको हारबाट निरास हुदै घर फर्किन बाध्य भएको छ। भने डेनमार्कले अगाडिका चुनौतीहरुका लागि तयारि गर्ने छ। डेनमार्कले क्वार्टर फाइनलको राउण्डमा नेदरल्याण्ड र चेक रिपब्लिक बिचको खेलबाट आउने बिजेताको सामना गर्ने छ ।