हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। समूह चरणमा उल्लेखनिय प्रदर्शन गर्दै आएका टोली बेल्जियम र पोर्चुगलले आज एकार्काको सामना गर्दै छन्। एडेन हजार्डद्वारा कप्तानित बेल्जियमले रोनाल्डोद्वारा कप्तानित पोर्चुगालका लागि पक्कै पनि कठिन बाधाहरु सिर्जना गर्ने देखिन्छ।
राम्रो लयमा देखिएका दुवै टोलिले प्रतियोगितामा जिवितै रहन लड्ने छन् र उक्त प्रक्रियाबाट एक टोलिले निराश भै प्रतियोगिता छोड्नु पर्ने हुन्छ। पूर्व बिजेता पोर्चुगलको समूह स्तरको खेल त्यति सुखद रहेन। जर्मनी, फ्रान्स र हंगारी सहभागी भएको समुहमा सम्मिलित पोर्चुगलले एक खेलमा जित, एक खेलमा बराबरी र अर्को खेलमा पराजय भएको थियो।
बेल्जियम र पोर्चुगलबिचको पछिल्लो भेट :
आज १२:४५ बेलुकीमा हुने बेल्जियम र पोर्चुगलको भेट, दुवै टोलीका लागि तेस्रो भेट हुनेछ। २०१६ अन्तर्गतको पहिलो भेटमा पोर्चुगलले २-१ को गोलान्तरले बेल्जियमलाइ पराजित गरेको थियो। उक्त खेलमा नानि र रोनाल्डोले एकएक गोल गरेका थिए। त्यस्तै दोस्रो भेटको रुपमा २०१८ दुवै टोलीले आमने सामने गरेका थिए। २०१८ मा भएको भेट भने बराबरीमा रोकिन पुग्यो। आजको खेलमा पोर्चुगल संग अविजित यात्रालाइ कायम राख्ने मौका रहेको छ भने बेल्जियमसंग बराबरी गर्ने मौका रहेको छ।
युरो कप २०२० मा दुवै टोलीका तथ्यांक :
बेल्जियम
खेलिएका खेल : तिन
जित : तिन ( रसिया बिरुद्द ३-० को जित, डेनमार्कबिरुद्द २-१ को जित, फिनल्याण्डबिरुद्द २-० को जित )
धेरै गोल गर्ने खेलाडी: लुकाकु ( ३ गोल )
पोर्चुगल
खेलिएका खेल : तिन
जित : १ ( हंगारी बिरुद्द ३-० को जित )
हार : १ (जर्मनी बिरुद्द ४-२ को हार )
बराबरी : १ (फ्रान्स संग २-२ को बराबरी )
धेरै गोल गर्ने खेलाडी : रोनाल्डो ( ५ गोल )