हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। कोपा अमेरिका अन्तर्गतको दोस्रो खेलमा ब्राजिल ४-० को गोलान्तरले बिजयी !!
कोपा अमेरिकाको पहिलो खेलमा भेनेजुएलालाइ ३-० को गोलान्तरले पराजित गरेको ब्राजिलले आज भएको खेलमा पेरुलाइ ४-० को गोलान्तरले पराजित गरेको छ। जित संगै दुइ खेलमा ६ अंकका साथ ब्राजिल आफ्नो समुहको पहिलो स्थानमा रहेको छ।
१२’ औ मिनेटमा गेब्रियल जेससको पासमा एलेक्स स्याण्ड्रोले गोल गर्दा, ब्राजिललाइ पहिलो अग्रता मिलेको हो। खेलको पहिलो मिनेटबाटै ब्राजिलले आक्रामक रुप अपनाएको थियो। सो स्वरुप, ६८ औ मिनेटमा फ्रेडको पासलाइ उत्कृष्ट ढंगले गोलमा परिणत गर्दै, नेय्मारले अग्रतालाइ डबल गरिदिए।
त्यस्तै, रिचार्लिसनको शानदार पासलाइ खुबीका साथ् गोल गर्दै, एभर्टन रिबेइरोले करियरको पहिलो अन्तर्रस्ट्रिय गोल गर्न पुगे। ८९ औ मिनेटमा ३-० ले अग्रता लिरहेको ब्राजिलका लागि, थपिएको समयको तेस्रो मिनेटमा रिचार्लिसनले सिजर किकबाट गोल गर्दै अग्रतालाइ ४-० पारेका हुन्। यसै गरि पहिलो खेलमा ३-० को जित हासिल गरेको ब्राजिलले दोस्रो खेलमा पेरुलाई ४-० ले पराजित गरेको छ।