हाम्रो नेपाल स्पोर्ट्स, काठमान्डौ। आज विश्वभर हुने प्रमुख खेलगतिबिधि हरुको संक्षिप्त जानकारी !!!
युरो कप २०२० अन्तर्गत आज हुने खेलहरु :
युरो कपको समूह इ अन्तर्गत आज दुइ खेल हुदैछन् भने समूह एफ अन्तर्गत अर्का दुइ खेल हुदै छन् :
समुह इ अन्तर्गत नेपाली समय बेलुकी ९:४५ बजे, स्लोभाकिया र स्पेनले एकार्काको सामना गर्ने छन्। हालको स्थिति अनुसार समूह तालिकामा स्लोभाकिया दोस्रो स्थानमा रहदा स्पेन भने तेस्रो स्थानमा रहेको छ। दुवै टोलीका पछिल्ला भेटका कुरा गर्दा, २०१४ मा स्लोभाकियाले २-१ को गोलान्तरका साथ्, स्पेनलाइ हराएको थियो भने २०१५ मा भएको भेटमा स्पेनले स्लोभाकियालाइ २-० को गोलान्तरले हराउन पुगेको थियो। आज हुने खेल दुवै टोलीका लागि निकै नै महत्वपुर्ण हुने छ। स्लोभाकियाको जितले स्पेनलाइ अर्को राउण्डमा पुग्न धेरै कठिन बाधा उब्जाउने छ भने स्पेन ले जिते ठिक बिपरित हुने छ। अहिले स्पेनले दुइ खेलमा बराबरी गर्दै २ अंक हासिल गरेको छ भने स्लोभाकियाले दुइ खेलमा एक जित हासिल गर्दै २ अंक बटुलेको छ।
खेल हुने समय : नेपाली समय बेलुकी ९:४५
टोलीहरु : स्लोभाकिया बिरुद्द स्पेन
त्यस्तै समूह इ कै अन्तर्गत आज पहिलो स्थानमा रहेको स्वीडेन र अन्तिम स्थानमा रहेको पोलांडले पनि एकअर्काको सामना गर्दै छन। ९:४५ मै हुने यस खेलमा पोलाण्डको जितले उसको अर्को राउण्ड पुग्ने सम्भावाना बलियो बनाउछ भने स्वीडेनको जितले आफ्नो अर्को राउन्डको यात्रा तय गर्नुका साथै पोल्याण्डको प्रतियोगिताबाट बिदा पनि गरिदिने छ। पछिल्ला भेटको कुरा गर्दा, दुवै टोलीको अन्तराष्ट्रीय स्तरमा अहिले सम्म भेट भएको छैन।
खेल हुने समय : ९:४५
टोलिहरु : स्वीडेन बिरुद्द पोल्याण्ड
समुह एफ अन्तर्गत हुने खेलहरु :
अत्यन्तै अफ्ठ्यारो समूह, समुह एफ अन्तर्गत आज जर्मनी र हुन्गारीले एकअर्काको सामना गर्ने छन भने पोर्चुगलले फ्रान्सको सामना गर्ने छ।
समूह तालिकाको कुरा गर्दा, अहिले ४ अंकका साथ फ्रान्स पहिलो स्थानमा रहेको छ, ३ अंकका साथ् जर्मनी दोस्रो स्थानमा, ३ अंकका साथ् पोर्चुगल तेस्रो स्थानमा र १ अंकका साथ् हंगारी अन्तिम स्थानमा रहेको छ।
पोर्चुगल बिरुद्द फ्रान्स : पछिल्ला खेलहरु हेर्दा, फ्रान्सले पोर्चुगललाई तिन पटक पराजित गर्दा, पोर्चुगल एक पटक बिजयी भएको छ। २०२० अक्टोबरमा भएको खेलमा दुवै टोलिले बराबरी गरेका थिए भने, त्यहि बर्षको नोभेम्बरको भेटमा फ्रान्सले १-० को गोलान्तरले पोर्चुगलाइ पराजित गरेको थियो। आज हुने खेलमा जुन टोलिले बिजयी हासिल गर्छ उसले अर्को राउण्डमा आफुलाई निश्चित ठाउँ पाउने छ भने हार्ने टोलीलाई निकै अफ्ठ्यारो स्थिति आइ पर्न सक्छ।
जर्मनी बिरुद्द हंगारी : पोर्चुगललाइ ४-२ को हार चखाएको जर्मनीले फ्रान्सलाइ बराबरीमा रोक्न सफल हंगारीको सामना गर्ने छ। जर्मनी अहिले पनि राम्रो स्थिति मै रहेको छ, भने आजको खेलमा जित हासिल गर्न सके आफ्नो अर्को राउण्डलाइ सुरक्षित पार्ने छ, भने हंगारीको जितले उसलाई पनि अर्को राउण्डमा जान दाबेदार बनाउने छ।
खेल हुने समय : १२:४५ बेलुकी,
टोलिहरु : फ्रान्स बिरुद्द पोर्चुगल , हंगारी बिरुद्द जर्मनी
कोपा अमेरिका :
त्यस्तै कोपा अमेरिका अन्तर्गत आज ब्राजिल र कोलम्बियाले एकार्काको सामना गर्ने छन् भने इक्वेडरले पेरुको सामना गर्ने छ।
इक्वेडर र पेरु खेल भोलि बिहान २:४५ बजे सुरु हुन्छ भने कलाम्बियाले ब्राजिललाइ नेपाली समय भोलि बिहान ५:४५ बजे सामना गर्ने छ।
क्रिकेट तर्फका खेलहरु :
भारत र न्युजिल्यान्ड, पाचौ दिन ( वर्ल्ड टेस्ट च्याम्पियनशिप ) :
पहिलो इनिंगामा २१७ रनमा समेटिएको भारत अहिले दोस्रो इनिंग अन्तर्गत ब्याटिंग गर्दैछ। हालको स्थितिमा भारतले दुइ विकेट गुमेर ६४ रङ बनेर खेल्दै छ भने ३२ रनको अग्रता लिएको अवस्था छ। आफ्नो पहिलो इनिंगमा २४९ रन जोडेको न्यु जिल्याल्नडको यस खेलमा राम्रो स्थिति रहेको हामी देख्न सक्छौ। विश्व टेस्ट प्रतियोगिता अन्तर्गत २ दिन पानि का कारण खेल हुन सकेन र आज रिसर्ब दिन अन्तर्गत दुवै टोलि र सारा क्रिकेट समर्थकले नतिजाको आशा गरेका छन्। हालको अवस्था हेर्दा भारतले बराबरीको लागि जोड दिने छ भने न्यु जिल्याण्डले जितका लागि प्रतिस्पर्धा गर्नेछ।
खेल हुने समय : नेपाली समय दिउसो ३:१५
इंग्ल्याण्ड र श्रीलंका बीच पहिलो टि-२० :
आज बेलुकी ११:१५ बजे इङ्ग्ल्याण्ड र श्रीलंकाले पहिलो टि-२० अन्तर्गत एकअर्काको सामना गर्ने छन्। इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चर र बेन स्टोक्स उपलब्ध नहुदा पनि श्रीलंकाको तुलानामा एकदम उत्कृष्ट टोलि देखिएको छ।