युरोकप अन्तर्गत आज हुने खेलहरु के के छन् त ? तथ्यांक सहित !!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। समूह स्तरका सबै खेल समाप्त भए पश्चात आज बाट राउण्ड अफ १६ अन्तर्गतका खेलहरु हुन गैरहेका छन।
आज बेलुकी ९:४५ बजे वेल्सले डेनमार्कको सामना गर्दै छ भने ००:४५ बजे इटालीले अस्ट्रियाको सामना गर्ने छ।

वेल्स बिरुद्द डेनमार्क। ९:४५ बेलुकी

समूह स्तरका खेलमा राम्रो प्रदर्शन गरेर राउण्ड अफ १६ प्रवेश गरेका दुवै टोलिले जित्ने सम्भावना रहेको छ भने दुवै टोलि उत्तिकै बलिया पनि देखिन्छन। टटेन्हामका महत्वपूर्ण खेलाडी गेरेथ बेलद्वारा कप्तानित टोलि वेल्सले समूह तालिकामा दोस्रो स्थान सुरक्षित गरेको थियो। त्यस्तै जेनिटका महत्वपुर्ण खेलाडी एर्टेमद्वारा कप्तानित डेनमार्कले आफ्नो समूहमा दोस्रो स्थान सुरक्षित गरेको थियो।
wales vs denmark

एकअर्काको पछिल्ला भेटमा यस्तो नतिजा आएको थियो : दुइ पटकको भेटमा डेनमार्कले दुइ पटक नै जित हासिल गरेको थियो। दुवै खेल २०१८ अन्तर्गतको युइएफ़े नेसन्स लिग अन्तर्गत भएको थियो।

इटाली बिरुद्द अस्ट्रिया। ००:४५

समूह सी अन्तर्गत दोस्रो स्थानमा रहेको अस्ट्रियाले समूह क को समूह बिजेता इटालीको सामना गर्दै छ। तथ्यांक हेर्दा, दुवै टोलिको अहिले सम्म एक पटक पनि आमने सामने भएको छैन। हालको दुवै टोलीको स्थिति र लय हेर्दा, इटालीले बिजयी हासिल गर्ने सम्भावना प्रबल देखिएको छ। इटालीले ११ पछिल्ला खेलमा सबै खेलमा जित हासिल गरेको छ।

italy vs austria

Leave a Reply

Next Post

श्रीलंकालाइ ८९ रनले हराएको इङ्ग्ल्याण्डले टि२० शृंखला क्लिन स्विप गरेको छ !!!

Sat Jun 26 , 2021
हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ | पहिलो र दोस्रो खेलमा उल्लेखनीय जित हसिल गरेको इङ्ल्यान्डले तेस्रो खेलमा पनि भारी अन्तरले जित हासिल गरेको छ। टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको श्रीलंकालाई इङ्ग्ल्यान्डले १८१ रनको बिजयी लक्ष्य दिएको थियो। इङ्ल्यान्डका लागि डेभिड मालनले ४८ बलको सामना गर्दै पाच चौका र […]
england vs srilanka
%d bloggers like this: