युरो कप : विश्वबिजेता फ्रान्स हंगारी बिरुद्दको खेलमा बराबरीमा रोकियो !!

France vs Hungary

हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ | विश्व बिजेता फ्रान्स हङ्गारीबिरुद्दको खेलमा बराबरीमा रोकियो !!!

केही दिन अघि खेलिएको खेलमा जर्मनीलाई १-० गोलले पराजित गरेको फ्रान्सले आज भएको खेलमा  हङ्गारीसङ्ग बराबरी गरेको हो।

खेलको पहिलो हाफमा फ्रान्सको लगातार दबाब रहे पनि, हङ्गारीको शानदार डिफेन्ससामु युरो कपको प्रमुख दाबेदार फ्रान्स निशब्द रहन पुग्यो। पहिलो हाफको अत्याधिक समय फ्रान्सले आफ्नो कन्ट्रोलमा बललाइ राख्न सफल भएता पनि, कुनै पनि गोल भने गर्न सकेन भने हाफको अन्तिममा हङ्गारीका फिओला(४५+२’) ले गोलगर्दा, हङ्गारीले अग्रता लिएको थियो।

Hungary vs France

पहिलो हाफमा अग्रता लिएको हङ्गारीले खेलको ६५औ मिनेटमा गोल कन्सिड गर्दा खेल बराबरीमा आएको थियो ।

लगातारको आक्रमण पछि एम्बापेको एसिस्टमा गृजम्यानले गोल गर्दै खेललाइ रोमान्चक मोडमा खडा गरिदिएका थिए।

खेल बराबरीमा रोकिदा फ्रान्स र हंगारीले एक एक अंक बाढेका छन्। अब ४ अंकका साथ् फ्रान्स पहिलो स्थानमा रहेको छ भने हंगारीले एक अंक जोड्दै अर्को चरणमा जाने सम्भावना जिवितै राखेको छ।

Leave a Reply

Next Post

युरो कप: दोस्रो खेलमा पोर्चुगल, जर्मनीसंग पराजित !!!

Sat Jun 19 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | जर्मनी बिरुद्दको खेलमा पोर्चुगल पराजित !!! पहिलो खेलमा हङरीलाई ३-० को गोलान्तरले पराजित गरेको पोर्चुगल आज भएको जर्मनी बिरुद्दको खेलमा ४-२ को गोलान्तरले पराजित भएको छ। पहिलो हाफको १५ औ मिनेटमा रोनाल्डोको गोलले अग्रता लिएको पोर्चुगलले, पहिलो हाफ सकिदा आफुलाइ २-१ गोलान्तरले पछाडी पाएको थियो। […]
Portugal vs Germany
%d bloggers like this: