युक्रेनबिरुद्द बिशाल जित निकाल्दै, इंग्ल्याण्ड युरो कपको सेमिफाइनलमा !!

England advances to semis after defeating Ukraine

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | युक्रेनलाइ पराजित गर्दै इङ्ग्ल्यान्ड इतिहासको पाचौ सेमि फाइनलमा !!

पछिल्ला पाच खेलमा चार गोल गरेको इङ्ग्ल्यान्ड आजको युक्रेन बिरुद्दको खेलमा शानदार सुरुवात गरेको थियो। पाचौ मिनेटमा नै स्टर्लिङको एसिएटलाइ गोलमा परिणतमा गर्दै ह्यारी केनले खेलको पहिलो गोल गरेका थिए।

कप्तान केनको गोल पश्चात् पहिलो हाफ नसकिन्जेल सम्म इङ्ग्ल्यान्डले केही मौकाहरु सिर्जना त गर्यो तर उक्रेनले पनि जवाफी आक्रमणका रुपमा लगातार मौकाहरु बनाएको थियो । पहिलो हाफको अन्त्यसम्ममा भने कुनै टोलिले अरु गोल गर्न सकेनन।

पहिलो हाफमा अग्रता लिएको इंग्ल्यान्डले दोस्रो हाफको पहिलो मिनेटबाटै सो क्रमलाइ जारि राख्यो। ४६ औ मिनेटमा ल्युक शको फ्री किकलाइ हेडर मार्फत गोल गर्दै ह्यारी म्याग्वेरले इङ्ग्ल्याण्डको अग्रतालाइ दोब्बर पारेका थिए। दोस्रो गोल पछाडी इंग्ल्यान्डले खेलमा पूर्ण रुप संगले पकड बनाउन थाल्यो।

Harry Kane Provides first breakthrough for england
Harry Kane Provides first breakthrough for england / Credit : Euro 2020

सो स्वरुप दोस्रो गोल गरेको केहि मिनेट पश्चातनै ल्युक शकै अर्को एसिस्टमा ह्यारी केनले आफ्नो लागि दोस्रो र इंग्ल्यान्डका लागि तेस्रो गोल गरे। इंग्ल्यान्ड पुर्ण रुपमा हाबी भैसकेको खेलमा ल्युक शको दुइ वटा एसिस्टले महत्वपूर्ण भूमिका निभाएको थियो। ५० औ मिनेटमा भएको तेस्रो गोल पश्चात इंग्ल्यान्डको सेमी-फाइनल यात्रा तय भएको हो। जित निश्चित गरेको इंग्ल्यान्डले ५७ औ मिनेटमा डेक्लान राइसलाइ परिवर्तन गर्दै जोर्डन हेण्डर्सनलाइ भित्र्याएको थियो।

Harry Maguire doubles the lead for England
Harry Maguire doubles the lead for England / Credit : Euro Cup 2020

५७ औ मिनेटमा मैदान पसेका हेण्डर्सनले ६३ औ मिनेटमा आफ्नो उपस्थिति जनाउने क्रममा गोल गर्दै इंग्ल्यान्डलाइ ४-० को अग्रता दिलाउन पुगे। उक्त गोल हेण्डर्सनको अन्तराष्ट्रिय प्रतियोगितामा इंग्ल्यान्डका लागि पहिलो गोल रहेको थियो। उनले मेसन माउण्टको शानदार क्रसलाइ क्लोज रेञ्ज हेडरबाट गोल गरेका थिए।

Dean Heanderson with his first career goal
Dean Heanderson with his first career goal / Credit : Euro 2020

६३ औ मिनेटमै चौथो गोल गरिसकेपछि खेलमा खेलाडी परिवर्तन लगातार रुपमा भएता पनि, कुनै टोलिले गोल गर्न सकेन र अन्तत उक्रेन ४-० को गोलान्तरले पराजित हुदै प्रतियोगिताबाट बाहिरियो। भने इंग्ल्यान्ड इतिहासको पाचौ युरो सेमीफाइनलमा पुगेको छ। सेमिफाइनल अन्तर्गत इंग्ल्यान्डले डेनमार्कको सामना गर्ने छ। युरो कप जित्ने प्रबल दाबेदारका रुपमा देखिएका दुवै टोलीले सेमीफ़ाइनलको खेल निकै दबाबमा खेल्नुपर्ने देखिन्छ।

डेनमार ०-४ इंग्ल्यान्ड (५’ ह्यारी केन, ४६’ मेग्वाएर, ५०’ ह्यारी केन, ६३’ हेण्डर्सन)

Leave a Reply

Next Post

कोपा अमेरिका : इक्वेडरलाइ हराउदै अर्जेन्टिना सेमि-फाइनलमा !!

Sun Jul 4 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। अर्जेन्टिनाले इक्वेडरलाइ ३-० को गोलान्तरले हराउदै सेमिफाइनलको यात्रा तय गरेको छ। पछिल्ला केहि खेलमा राम्रो लय लिएको अर्जेन्टिनाले आजको खेलमा सुरुबाटै आक्रामक अन्दाज अपनाएको थियो। दोस्रो मिनेटमा लौटारो मार्टिनेजले आफ्नो लागि गोल गर्ने सुनौलो मौका सिर्जना गरेका थिए, उक्त मौकालाइ सदुपयोग गर्न नसके पनि अर्जेन्टिनाका स्ट्राइकरहरुले […]
Argentina wins against Ecuador in the Quarters
%d bloggers like this: