उत्कृष्ट बर्ष खेलाडीको सुचीमा परे एम्बाप्पे, कुन स्थानमा छन् त मेस्सी, नेयमार ?

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। पेरिस सेन्ट जर्मनमा आबद्ध भएको पहिलो सिजन, लायोनल मेस्सीका लागि निराशजनक रहयो।

मेस्सीले पहिलो सिजनमा कुनै पनि उल्लेखनिय योगदान दिन सकेनन। उनको गोल संख्या तथा ओभरल प्रदर्शन उनको स्तरभन्दा कम्ति रहेको महसुस सबैलाई नै भएको छ।

अन्तत : उनि वर्षको उत्कृष्ट खेलाडी लिग वानको छनोटमा पर्न असफल भए।

बार्षिलोनबाट बाहिरिएर पिएसजी भितिरिएका मेस्सीले लिग १का २३ खेल खेल्दा मात्र चार गोल गरेका थिए।

वर्षको उत्कृष्ट खेलाडीको अवार्डका लागि मनोनयनमा परेका मेस्सीका पीएसजीका सहकर्मी केलियन एमबाप्पे, यस सिजनमा अहिलेसम्म २४ गोलसहित लिग १ मा सर्वाधिक गोलकर्ता, रेनेसका मार्टिन टेरियर, एएस मोनाकोका विसाम बेन येडर, मार्सेलीका दिमित्री पायेट र लियोनका लुकास पाकेटा रहेका छन्।

२०१७-१८ सिजनका बर्ष खेलाडी भएका नेयमार पनि उक्त सुचीमा आट्न सकेनन।

मेस्सीले २०२१/२२ सिजन अघि पीएसजीसँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गरे, बार्सिलोनासँगको आफ्नो २० वर्षभन्दा बढीको सम्बन्ध समाप्त भयो। क्लबसँगको आफ्नो समयमा, उनले १० ला लिगा उपाधि जिते र नौ पटक लिगको वर्ष खेलाडी घोषित भएका थिए।

यस सिजन च्याम्पियन्स लिगमा, मेस्सीले सात खेलमा पाँच गोल गरे, यद्यपि पीएसजीको अभियान अन्तिम १६ मा रियल म्याड्रिडसँग पराजित भएपछि समाप्त भएको थियो।

Leave a Reply

Next Post

यसरि सम्भव भयो रियल मड्रिडको पुनरागमन

Thu May 5 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस महारथि रियल मड्रिडले म्यान्चेस्टर सिटिलाई घरेलु मैदानमा सनसनीपूर्ण पराजय चखाउदै कीर्तिमानी सत्रौँ पटक फाइनलमा पुगेको छ।  दुई मिनेटको अन्तरमा ब्राजिलियन खेलाडी रोड्रिगोले दुई गोल गर्न सफल भएपछि, मड्रिडले इतिहासकै सर्वश्रेष्ठ पुनरागमनको मध्येको एक जित निकालेको थियो।  युरोपेली च्याम्पियन्स लिग इतिहासमा सर्वाधिक १३ पटक उपाधि जितेको […]
%d bloggers like this: