हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|फ्रान्सेली फुटबल खेलाडीले एम्बाप्पेले आफ्नो भविष्य पेरिसमै निरन्तरता गर्ने निर्णय गरेसँगै लालिगाले आपत्ति जनाएको छ।
गतवर्षदेखि नै निकै बहुप्रतीक्षित रहेको यस ट्रान्सफरमा, फ्रान्सेली खेलाडीले अन्त्यमा आएर यु-टर्न हान्न सफल भएका थिए।
गत जनवरीमै रियल मड्रिडसँग प्रारम्भिक सम्झौता भएको बताइए तापनि पिएसजीले आकर्षक तलब सुविधा राखेपछि किलियनले मन बदलिए।
रियल मड्रिडमै जान चाहेको बताएका किलियनको पेरिस मै बस्ने निर्णयले लालिगाले उक्त कदम प्रति गम्भीर आपत्ति जनाउँदै विज्ञप्ति निकालेको छ।
कोभिड महामारीका कारण पेरिसले गतवर्ष नै तीन सय मिलियन भन्दा बढी घाटा बेहोरेको र त्यसमाथि पनि ६०० मिलियन भन्दा बढी तलब र भत्ता तिर्नुपर्ने कुराहरु विज्ञप्तिमा तानिएका छन्।
त्यसमाथि पनि नयाँ सम्झौता अनुसार किलियनले प्रतिवर्ष सय मिलियन भन्दा बढी पेरिसबाट आम्दानी गर्ने जनाइएको छ।
घाटामा रहेको र त्यसमा पनि झण्डै ६०० मिलियन भन्दा बार्षिक खर्च व्यहोरिरहेको पेरिसले फुटबल संघले जारी गरेको फाईनान्सियल फेयर प्लेमा पर्न नसक्ने भन्दै नभको आर्थिक चलखेललाई विचार गर्न युरोपेली फुटबललाई आह्वान गरेको छ।
साथै यसै वर्ष पनि देखाइएको आर्थिक विवरणमा घोटाला भएको हुन सक्ने आशंका जनाउँदै युरोपेली फुटबल महासंघलाई पेरिस सेन्ट जर्मनको अवस्था प्रति ध्यानाकर्षण गराएको छ।
लालिगा अध्यक्षले भने पिएसजीको कार्य र क्लब फुटबल जगतकै लागि युरोपियन सुपर लिग भन्दा खतरनाक भएको समेत भन्न भ्याएका छन्।