म्यानचेस्टर सिटिलाई छैंठौ पटक प्रिमियर लिग उपाधि

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| प्रिमियर लिगको अन्तिम खेलमा एस्टनभिल्ला विरुद्ध ३-२ गोल अन्तरको रोमाञ्चक जित निकाल्दै म्यानचेस्टर सिटी पुनः लिग बिजेता बनेको छ।

अन्तिम दिन लिभरपुललाई उपाधि जित्न बाट जोगाउनको लागि बराबरी अथवा जित निकाल्नुपर्ने अवस्था म्यानचेष्टर सिटीले शानदार जित निकालेको हो।

दुई गोलले पछि परेको स्थितिमा एस्टनभिल्ला विरुद्ध सनसनीपूर्ण पुनरागमन गर्ने क्रममा म्यान्चेस्टर सिटीका लागि गुन्डोगन र रोड्रीले पाँच मिनेटको अन्तरमा ३ गोल गर्न सफल भएका थिए।

भिल्लाका लागि म्याट क्यासले पहिलो हाफको ३७ औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई १-० को अग्रता दिलाए।

त्यसैगरी लिभरपुलका पूर्व खेलाडी फिलिपे कुटिन्होले दोस्रो हाफको ६९ औ मिनेटमा गोल गर्दै भिल्लाको अग्रता २-० बनाएका थिए। 

खेलमा २ गोलले पछि परेको म्यानचेष्टर सिटीले मिडफिल्डर गुनडोगनको आगमन संगै पुनरागमन सुरु गरेको थियो।

उनले ७६ औं मिनेटमा सिटिका लागि पहिलो गोल फर्काउदा, अर्का मिडफिल्डर रोड्रीले ७८औ मिनेटमा गोल गर्न सफल भए।

त्यसलगत्तै खेलको ८१ औं मिनेटमा गुन्डोगनले नै अर्को गोल गर्दै म्यानचेष्टर सिटीलाई ५ मिनेटको अन्तरमा तेस्रो गोल गर्दै सिटिको सनसनीपूर्ण पुनरागमन सफल बनाए।

म्यानचेस्टर सिटिको यो लगातार दोस्रो लिग उपाधि हो।

जितसँगै म्यानचेष्टर सिटीले पछिल्लो ५ सिजनमा चौथोपटक तथा समग्र प्रिमियर लिग इतिहासमा छैठौं पटक उपाधि हात पार्न सफल भएको छ।

दोस्रो स्थानमा रहेको लिभरपुलले वुल्भ्स विरुद्ध ३-१ गोल अन्तरको विजयी हासिल गरेपनि उपविजेतामै सीमित बन्न पुगेको छ। 

 

 

Leave a Reply

Next Post

म्यानचेस्टर युनाईटेड र आर्सनल युरोपा लिगमा घटुवा

Sun May 22 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जारि प्रिमियर लिग सिजनको अन्त्यसँगै च्याम्पियन्स लिग तथा युरोपा लिगका टोलीहरुको टुंगो लागेको छ।  म्यानचेष्टर सिटीले लगातार दोस्रोपटक प्रिमियर लिग उपाधि उठाउँदा, लिभरपुल उपविजेता बनेको छ भने चेल्सी तेस्रो तथा स्पर्सले चौथो स्थान हात पारेको छ।  प्रिमियर लिगमा शीर्ष चार स्थान हात पारेका यी टोलीले आगामी सिजनको […]
%d bloggers like this: