युरोपका प्रसिद्द लिगहरु आजबाट सुरु हुदै !!

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। आजबाट प्रिमियर लिग, लालिगा र बुण्डेस्लिगा सुरु हुदै छन्।

इङ्ग्ल्याण्ड प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा ब्रेण्ट्फ़र्ड र आर्सनलले एकअर्काको सामना गर्दैछन। च्याम्पियनशिपमा तेस्रो स्थान हात पार्दै ब्रेण्ट्फ़र्ड बढुवा भएको थियो।

उक्त सिजनमा ब्रेण्ट्फ़र्डले घरेलु मैदानमा खेलिएका २३ खेलमध्ये १२ खेलमा जित हासिल गरेको थियो भने ९ खेलमा बराबरी र दुइ खेलमा हार बेहोरेको थियो।

त्यस्तै अवेमा खेलिएका २३ खेलमध्यॆ १२ खेलमा जित निकालेको ब्रेण्ट्फ़र्डले ६ खेलमा बराबरी गरेको थियो भने पाच खेलमा हार बेहोरेको थियो।

प्रिमियर लिगमा बढुवा भएको ब्रेण्टफ़र्ड पहिलो खेल अन्तर्गत आफ्नो घरेलु मैदानमा आर्सनलको सामना गर्ने छ। आर्सनलले पूर्व सिजनमा आठौ स्थान हासिल गरेको थियो। उसले खेलेका ३८ खेलमा १८ जित , ७ खेलमा बराबरी र ६ खेलमा हार बेहोरेको थियो।

यी दुइ बीचको खेल आज बेलुकी १२:४५ बजे ब्रेण्ट्फ़र्ड कम्युनिटी स्टेडियममा हुदै छ।

लालिगा :

लालिगाको यस सिजनको पहिलो खेल अन्तर्गत भ्यालेन्सियाले, गेटाफ़ेको सामना गर्दै छ। पछिल्लो सिजनमा १३ औ स्थान बनाएको भ्यालेन्सियाले, पछिल्लो सिजनमा ९औ स्थान हासिल गर्ने गेटाफ़ेको सामना गर्ने छ।

खेल आज बेलुकी १२:४५ बजे, एस्टाडियो दे मेस्टल्ला भन्ने भालेंसियाको स्टेडियममा हुने छ।

बुण्डेस्लिगा :

बुण्डेस्लिगाको पहिलो खेल अन्तर्गत बरुसिया एम्गलड़बचले पछिल्लो सिजनको लिग बिजेता बायर्न म्युनिकको सामना गर्दै छ। पछिलो सिजनमा आठौ स्थान बनाएको बरुसियाले बायर्न बिरुद्द भएका अन्तिम ३ खेलमा दुइ जित हासिल गरेको छ भने एक हार बेहोरेको छ।

आज बेलुकी १२:१५ बजे यी दुइ बीच बरुसिया पार्क स्टेडियममा यस सिजनको पहिलो खेल हुनेछ।

Leave a Reply

Next Post

सिजनको पहिलो खेलमा ब्रेण्ट्फ़र्डद्वारा आर्सनल पराजित !

Sat Aug 14 , 2021
हाम्रो नेपाल स्पोर्ट्स , काठमाण्डौ। गएराती बाट सुरु भएको यस सिजनको प्रिमियर लिग अन्तर्गतको पहिलो खेलमा, च्याम्पियनशिपबाट प्रिमियर लिगमा बढुवा भएको ब्रेंत्फार्ड बिजयी भएको छ। पूर्व सिजनमा प्रिमियर लिगमा आठौ स्थान हासिल गरेको आर्सनल ब्रेंत्फार्ड संग २-० को गोलान्तरले पराजित भएको हो। खेलको २२ औ मिनेटमा अग्रता लिएको ब्रेण्ट्फ़र्डले आकर्षित […]
%d bloggers like this: