रोमाञ्चक मोड लिएको खेलमा, स्विट्जर्ल्याण्डलाइ हराउदै स्पेनले गर्यो सेमि-फाइनल प्रवेश !!

Spain goes through Semi Finals

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ

खेलको ८ औ मिनेटमा जाकारियाको आतम्घाति गोल संगै पहिलो अग्रता लिएको स्पेनले उक्त अग्रतालाइ पहिलो हाफको अन्त्यसम्म कायम राखेको थियो। दोस्रो हाफको सुरुवात बाटै दबाब दोब्बर गरेर खेलेको स्विट्जर्ल्याण्डले ६८ औ मिनेटमा गोल गर्दै खेललाइ बराबरीको स्थितिमा ल्याएको थियो। ६८ औ मिनेटमा स्विसका कप्तान शाकिरीले गोल गरेका थिए।

पहिलो हाफमा सामन्य तरिकाले चलेको खेलमा, दोस्रो हाफ पुगे पछि दुबै तिरबाट उत्तिकै दबाब सिर्जना गरिएको थियो। सोही क्रममा उस्तै र उत्तिकै शट हरु पनि प्रहार भएका थिए।

Switzerland missed the winning chance against Spain and will be returing home

खेलको ९० मिनेटको नतिजा बराबरीमै टुङ्गियो भने अतिरिक्त समयमा खेललाइ प्रदान गरिएको ३० मिनेटको दुई हाफमा पनि कुनै किसिमको नतिजा आउन सकेन।

खेलको १२० मिनेट खेल्दा पनि बराबरी मै खेल रोकिएपछि, खेल पेनाल्टीमा पुगेको थियो। पेनाल्टी भने यस प्रकार रहयो :

पहिलो शट :

स्पेन : सर्जियो बस्केट्सद्वारा पेनाल्टी मिस !!
स्विट्जर्ल्यान्ड: मारियो गाभ्रानोभिचद्वारा सफल पेनाल्टी प्रहार !

स्विट्जर्ल्याण्ड १-० स्पेन

दोस्रो शट:

स्पेन: डेनियल ओल्मो द्वारा सफल पेनाल्टी
स्विट्जर्ल्यान्ड : फेबियन स्कारद्वारा गरिएको प्रहार गोल हुन सकेन !

स्विट्जर्ल्याण्ड १-१ स्पेन

तेस्रो शट:

स्पेन: रोड्रीले प्रहार गरेको शट गोल हुन सकेन !!
स्विट्जर्ल्यान्ड : मेनुएल एक्नेजीले प्रहार गरेको शट गोल हुन सकेन ।

स्विट्जर्ल्याण्ड १-१ स्पेन

चौथो शट:

स्पेन: मोरेनोले गरेको शट गोलमा परिणत !!
स्विट्जर्ल्यान्ड : रुबेन भार्ग्सले प्रहार गरेको शट गोल हुन सकेन !

स्विट्जर्ल्याण्ड १-२ स्पेन

पाचौ शट :

स्पेन : माइकेल ओयरजबलले सफल पेनाल्टी प्रहार गरे !!

स्विट्जर्ल्याण्ड १-३ स्पेन

Switzerland missed the winning chance against Spain and will be returing home

यस संगै स्पेनले पेनाल्टीमा उत्कृष्ट जित निकालेको हो। उक्त जित संगै स्पेन युरो २०२० को सेमि फ़ाइनलमा पुग्ने पहिलो टोलि बनेको छ भने आजको खेलमा इज्जतिलो हार बेहोरेको स्विट्जर्ल्याण्डभने युरो २०२० बाट बाहिरिएको छ। अन्तिम समयमा आएर नायाकिया भूमिका निभाउदै पेनाल्टीमा उत्कृष्ट बचाउ गर्ने स्पेनका सिमंसको प्रदर्शन उल्लेखनिय रहयो। उनलाई म्यान अफ द म्याचको सम्मान पनि प्रदान गरियो।

Leave a Reply

Next Post

रातो कार्ड पश्चात पनि चिलीलाइ हराउदै ब्राजिल सेमी-फाइनलमा !!

Sat Jul 3 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | चिलीलाई हराउदै ब्राजिल सेमि फाइनलमा !! पहिलो हाफमा उत्तिकै गोल गर्ने मौकाहरु सिर्जना गरेका दुबै टोलि चिली र ब्राजिलले कुनै मौकालाइ गोलमा परिणत भने गर्न सकेनन। २७ औ मिनेटमा भर्गासको काउन्टर मौका होस या ३२ औ मिनेटमा डेनिलोले बनाएको सुनौलो अवसर, दुबै तिरका किपरले उत्कृष्ट […]
Copa America : Brazil defeats Chile to advance to Semi Finals
%d bloggers like this: