हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ| दुबई र ओमानमा जारी टि-२० विश्वकप २०२१ को फाइनल खेलमा आज अष्ट्रेलिया र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन।
प्रतियोगिताको ७औ संस्करण सम्म आइपुग्दा अहिले सम्म टि २० विश्व च्यापियन बन्ने अवसर नपाएका दुवै टोलीले आज इतिहास रच्ने मौका पाउनेछन्।
सेमीफाईनलमा दुई दाबेदार तथा उत्कृस्ट टोलि पाकिस्तान र इंगल्याण्डलाई पाखा लाउदै डार्क हर्सका रुपमा दुवै टोलीले यसपटकको विश्वकप फाईनलको यात्रा तय गरेका हुन।
पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो भने दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै दोस्रो पटक फाइनलमा पुगेको हो।
सन् २०१० मा फाइनलमा पुगेपनि ५ पटकको विश्वबिजेता अस्ट्रेलिया इंग्ल्यान्ड विरुद्ध पराजय बेहोर्दै उपविजेतामा सीमित हुन पुगेको थियो।
किवी टोलीको भने यो पहिलो टि-२० फाइनल रहेको छ। २०१५ को एकदिवसिय विश्वकप फाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै अष्ट्रेलया पाँचौं पटक च्याम्पियन बनेको थियो ।
न्युजिल्यान्डलाई यसपटक टि२० विश्वकपको उपाधि जित्दै सन् २०१५ को फाइनलको बदला संगै २०१९ को एकदिवसीय विश्वकप गुमाएको चोट बिर्साउने राम्रो मौका रहेको छ।
टि२० विश्वकपमा न्युजिल्यान्ड र अष्ट्रेलियाबीच एक मात्र खेल भएको छ । २०१६ मा न्युजिल्यान्ड ८ रनले विजयी भएको थियो । टि२० आईमा कुल १४ खेल भएका छन् । जसमा अष्ट्रेलिया ९ र न्युजिल्यान्ड ५ खेलमा विजयी भएका छन् ।
गत मार्चमा भएको पाँच टि२० आई सिरिज न्युजिल्यान्डले ३–२ ले जितेको थियो । आइसिसीका खेलमा यी दुई टोलीबीच नकआउट खेलमा कुल १७ खेल भएका छन् । जसमा अष्ट्रेलिया १६ खेलमा विजयी भएको छ।
खेल नेपाली समय अनुसार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा बेलुका ७ : ४५ मा सुरुहुनेछ।