रातो कार्ड पश्चात पनि चिलीलाइ हराउदै ब्राजिल सेमी-फाइनलमा !!

Copa America : Brazil defeats Chile to advance to Semi Finals

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | चिलीलाई हराउदै ब्राजिल सेमि फाइनलमा !!

पहिलो हाफमा उत्तिकै गोल गर्ने मौकाहरु सिर्जना गरेका दुबै टोलि चिली र ब्राजिलले कुनै मौकालाइ गोलमा परिणत भने गर्न सकेनन।

२७ औ मिनेटमा भर्गासको काउन्टर मौका होस या ३२ औ मिनेटमा डेनिलोले बनाएको सुनौलो अवसर, दुबै तिरका किपरले उत्कृष्ट जवाफ दिदै गोल हुन दिएनन। ४३ औ मिनेटमा नेयमारको पासलाइ गोलमा परिणत गर्ने मौका पाएका गेब्रियल जेससले गोल गर्न नसकदा पहिलो हाफमा स्कोर ०-० मै टुङ्गिएको थियो।

दोस्रो हाफको पहिलो मिनेटमै दुबै टोलिले आफ्ना स्ट्राइकरहरु परिवर्तन गरेका थिए। ब्राजिलले रोबर्टो फर्मिनोको ठाउमा लुकास पाक्वेटालाइ भित्र्याएको थियो भने चिलीले एलेक्सिस सेन्चेजको ठाउमा बेन बेरेटनलाई भित्र्याएको थियो।

Brazil vs Chile, Kopa America 2020
Brazil vs Chile, Copa America 2020 / Credit : Copa America

परिवर्तन भएर मैदानमा आएको केही क्षणमै पाक्वेटाले गोल गर्दै गरिएको परिवर्तनलाई फलदाइ तुल्याएका थिए। नेयमारलाइ पास दिएका पेक्वटाले, भेगासले क्लियर गरेको बल पाएका थिए। उक्त मौकालाइ उनले धैर्यत पुर्बक ब्राभोको रक्षण बिरुद्द गोल गरेका थिए।

केही दबाब सिर्जना गर्ने मौका पाएको ब्राजिललाइ गोल गरेको दुई मिनेट पश्चात् नै झट्का लाग्न पुग्यो। चिलीका मेनाको खुट्टामा रहेको बल खोस्ने क्रममा, जेससको बुटले मेनाको अनुहारमा हिर्काउन पुगे पछि, रेफ्रीले कुनै समय बर्बाद नगरी उनलाइ रातो कार्ड देखाएका थिए।

Copa America : Brazil defeats Chile to advance to Semi Finals
Copa America : Brazil defeats Chile to advance to Semi Finals / Credit: Copa America 2020

गोल गरेर दबाब सिर्जना गर्न नपाएको ब्राजिलले दोस्रो हाफको बाकी समय डिफेन्ड गर्न नै खर्च गर्यो । जेससले मैदान छोडे पछि, चिलीले धेरै मौकाहरु सिर्जना त गर्यो त गोल भने गर्न सकेन।

अन्तिमका केहि मिनेटमा धेरै खेलाडी परिवर्तन गरेता पनि चिलीले गोल फर्काउन नसक्दा हार बेहोर्न पुगेको थियो। १० खेलाडीमा झरेको ब्राजिल अन्तिमको ६ अतिरिक्त समय होल्ड गर्दै, सेमी फ़ाइनलको यात्रा तय गरेको हो।

One thought on “रातो कार्ड पश्चात पनि चिलीलाइ हराउदै ब्राजिल सेमी-फाइनलमा !!

Leave a Reply

Next Post

Manchester United and Juventus likely to close on a swap deal !!

Sat Jul 3 , 2021
Hamro Nepal Sports, Kathmandu – Juventus star and ex-Real Madrid player Cristiano Ronaldo and Manchester United midfielder Paul Pogba are set to swap clubs according to Transfer Rumors. Both player’s contracts are set to expire at the end of the next season. According to Daily Express, talks have resumed among […]
Ronaldo and Pogba to swap clubs
%d bloggers like this: