अल्मुताईरीको समय सकिएको संकेत!

हम्रों नेपाल स्पोर्ट्स, काठमाडौं| अखिल नेपाल फुटबल संघ एन्फाको नवनिर्वाचित व्यवस्थापनले राष्ट्रिय टोलीका १० खेलाडीलाई फर्काउने निर्णय गरेको छ। 

ए.एफ.सि छनोट चरण अघि प्रशिक्षक अब्दुल्लाह सँगको मनमुटावका कारण खेलाडीले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाडेका थिए। 

उक्त विषयमा केन्द्रित रहेर एन्फाले छानविन आयोग गठन गरेर समस्याको हल निकाल्न प्रयास गरेको थियो। 

जसअन्तर्गत छानबिन समितिले बताए अनुसार छनौट चरण सकेपछि एन्फाले नियमित १० खेलाडीलाई राष्ट्रिय टोलीमा फर्काएको छ। 

खेलाडीसँग मनमुटाव भएपछि नियमितरुपमा खेलिरहेका १० खेलाडीलाई नेपालमै छाडेर अन्य खेलाडीहरु बोलाएर नेपाल कुवेत प्रस्थान गरेको थियो।

छानबिन प्रतिवेदनमा प्रशिक्षकको स्वास्थ्य स्थिति राम्रो नभएको र कतार फुटबल संघसँग समन्वय गरेर उनलाई बर्खास्त गर्नुपर्ने उल्लेख गरिएको छ। 

यस विषयमा पनि अखिल नेपाल फुटबल संघले आफ्नो सचिवालयलाई यस विषयमा कदम चाल्न जानकारी दिइसकेको छ। 

यसर्थ अखिल नेपाल फुटबल संघले सांकेतिक रुपमा अल्मुताईरीलाई हटाउने निर्णय गरिसकेको ठम्याउन सकिन्छ। 

यसैसाता एन्फाको चुनावमा पंकज नेम्वांगले जित निकालेको निश्चित भएलगत्तै, अब्दुल्लाले सामाजिक सञ्जालमा अघोषितरुपमा बिदाई मागेका थिए।

इन्स्टाग्राममा एउटा स्टोरी लेख्दै नेपाली र नेपाली फुटबल समर्थकलाई धन्यवाद दिदै आफ्नो कार्यकाल राम्रो रहेको र आगामी दिनको शुभकामना भनेर लेखेका थिए। 

त्यसलगत्तै उनले उक्त स्टोरी भने आफ्नो इन्स्टाग्राम बाट हटाएका थिए। यसले पनि उनको भविष्य अब नेपालमा समाप्त भएको उनी आफैंले ठहर गरेको हुनुपर्दछ।

यसैपनि वर्तमान एन्फा अध्यक्ष पनि पंकज संग प्रशिक्षक अब्दुल्लाहको सम्बन्ध खासै राम्रो मानिँदैन।

गत वर्षनै अब्दुल्लाहले सामाजिक सञ्जालमा नेम्वाङसँग खटपटका कारण राष्ट्रिय टोलीबाट बिदाइ लिन्छु भन्ने अभिव्यक्ति दिएका थिए।

फुटबलमा असाध्यै राजनीति गर्न खोजेको र आफू राजनीतिबाट सदैव टाढा रहने भएकाले आफू यस्तो वातावरण काम नगर्न नसक्ने भनेर अब्दुल्लाले स्पष्टिकरण दिएका थिए।

तर त्यसलगत्तै उक्त कुरा सेलाएपछि अब्दुल्लाले नेपाली राष्ट्रिय टोलीसँग थप दुई वर्षका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरे।

तर पछिल्लो समय खेलाडी संगको समस्या, आफ्नै स्वास्थ्यस्थिति र हालका निर्वाचित अध्यक्ष पंकज संगको सम्बन्धले अब उनको भविष्य नेपालमा छोटिएको हो कि भन्ने अड्कल काट्न थालिएको छ। 

 

Leave a Reply

Next Post

चेल्सीबाट दुई बिलियन डलर परोपकारमा जाँदै

Thu Jun 23 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|टोड बोहलीले रोमन अब्रामोभिचबाट इंग्लिस क्लब चेल्सी खरिद गरेपछि ठूलो रकम परोपकारमा जाने भएको छ।  बेलायतमा प्रतिबन्धहरूको निगरानी गर्ने निकायले जनाए अनुसार युक्रेनमा युद्धका पीडितहरूका लागि २.३५ बिलियन पाउण्ड जाने भएको छ। रसियाले युक्रेनलाई आक्रमण गरेपछि सुरु भएको विश्वव्यापी आलोचना सँगै युरोपेली राष्ट्रहरुले रसियन धनाड्यहरूको सम्पति फ्रिज […]
%d bloggers like this: